
गुवाहाटी, 07 मार्च (हि.स.)। असममा आगामी विधानसभा चुनाउलाई मध्यनजर गर्दै असम प्रदेश भारतीय जनता पार्टी (भाजपा)-द्वारा शुरू गरिएको जन आशीर्वाद यात्रालाई सारा राज्यमा व्यापक जनसमर्थन प्राप्त भइरहेको छ जसबाट पार्टी कार्यकर्ताहरू उत्साहित भएका छन्। यसै क्रममा मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा शनिवार गोलाघाट जिल्लाको भ्रमणमा प्रस्थान भएका छन्।
निर्धारित कार्यक्रम अनुसार मुख्यमन्त्रीले 7 मार्चदेखि सरूपथारबाट यात्रा शुरू गर्नेछन् अनि गोलाघाट तथा खुमटाई हुँदै देरगाउँमा पुगेपछि कार्यक्रमको समापन हुनेछ। मुख्यमन्त्रीले गोलाघाट जिल्लाको सरूपाथार, गोलाघाट, खुमटाई र देरगाउँ विधानसभा क्षेत्रमा आयोजित जन आशीर्वाद यात्रामा पनि भाग लिनेछन्। यस अवधि उनीसित असम भाजपाका प्रदेश अध्यक्ष औ सांसद दिलीप सैकिया पनि उपस्थित रहनेछन्। गत 28 फरवरीदेखि शुरू भएको यस यात्राको माध्यमबाट पार्टीले जनताको आशीर्वाद अनि समर्थन हासिल गर्ने प्रयास गरिरहेको छ।
भाजपा अनुसार यो यात्रा एउटा राजनीतिक कार्यक्रम मात्र होइन जबकि राज्यमा भएका विकास कार्यहरूप्रति जनताको विश्वास एवं समर्थनको प्रतीक पनि हो। मुख्यमन्त्री सरमाको नेतृत्वमा आधारभूत संरचना, शिक्षा औ स्वास्थ्य जस्ता क्षेत्रहरूमा गरिेका कार्यहरूलाई जनताको व्यापक समर्थन प्राप्त भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा