चिया बगानमा जंगली हात्तीको हमलामा आमा-छोराको मृत्यु
चिया बगानमा जंगली हात्तीको हमलामा आमा-छोराको मृत्यु


तिनसुकिया (असम), 07 मार्च (हि.स.)। माथिल्लो असमको तिनसुकिया जिल्लान्तर्गत ब्रह्मजान चिया बगान क्षेत्रमा गए राती जंगली हात्तीको हमलाम परी एकजना महिला र उसको छोरको मृत्यु भयो। पुलिस अधिकारीहरूले शनिवार बताए, बितेको अबेर राती चिया बगानको आवासीय क्षेत्रमा जंगली हात्तीको बथान पसेर एउटा घरमाथि हमला गऱ्यो जसमा एकजना महिला र उसको छोराको मृत्यु भयो। यो घटना दुमदुमा फरेस्ट डिभीजनको पेंगरी क्षेत्रस्थित ब्रह्मजान चिया बगानमा भएको हो। घटनाको कारणले यस क्षेत्रमा भय फैलिएको छ।

सूचना अनुसार हात्तीहरूले चिया बगानमा काम गर्ने बुधन रौतिया (50) र तिनकी आमा अनिता रौतिया (70)-को घरमा हमला गरे। यी दुईलाई घरभित्रै हात्तीहरूले कुल्चिएर मारे।

भनिन्छ, यो घटना आधा रातम भएको हो जतिबेला हात्तीहरूको बथानै गाउँमा पसेर उत्पात मच्चाउन शुरू गऱ्यो। स्थानीय मानिसहरूले बताए, बितेका केही दिनदेखिकै हात्तीहरू यस क्षेत्रमा घुमिरहेका थिए जसले गर्दा गाउँका मानिसहरू तथा चिया बगानमा काम गर्ने श्रमिकहरू भयभित भएका थिए। यसरी हात्तीहरू लगातार गाउँमा आइरहेको सम्बन्धमा सम्बन्धित विभाग समक्ष बारम्बार सिकायत गर्दा पनि कुनै ठोस कदन नचालेकोमा स्थानीय मानिसहरू आक्रोशित भएका छन्। स्थानीयहरूले दाबी गरे, दुमदुमा फरेस्ट डिभीजनको पेंगरीमा खटांगपानी फरेस्ट रेञ्जका कतिपय क्षेत्रहरूमा मानव-हात्ती संघर्ष बढ़्दो छ।

उनीहरूले आरोप लगाए, हात्तीहरू बारम्बार आइरहेको थाहा हुँदाहुँदैद पनि वन विभाग यस्ता घटनाहरूलाई रोक्नको लागि कुनै प्रभावकारी कदम उठाउन असफल भएको छ। पछि वन विभागका अधिकारीहरूले घटनास्थलमा पुगेर जाँच शुरू गरे। पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande