ममताको एन्टी एसआईआर धरनालाई लिएर भाजपाको आरोप, अनुप्रवेशकारीहरूलाई बचाउने प्रयास
ममताको एन्टी एसआईआर धरनालाई लिएर भाजपाको आरोप, अनुप्रवेशकारीहरूलाई बचाउने प्रयास


कोलकाता, 07 मार्च (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा कोलकातामा शुरू गरिएको अनिश्चितकालीन एन्टी-स्पेशल इन्टेन्सिभ रिभीजन (एसआईआर) धरनालाई लिएर भारतीय जनता पार्टी (भाजपा)-ले शनिवार आरोप लगायो, राज्यको मतदाता सूचीमा अवैध अनुप्रवेशकारीहरूलाई बचाउने फेरि अर्को प्रयास हो।

भाजपा अनुसार तृणमूल कंग्रेस नेतृत्वद्वरा गए शुक्रवार अपरान्हदेखि केन्द्रिय कोलकाताको एस्प्लानेड इस्टमा धरना शुरू गरिएको छ, तर यो संकेत दिइएको छैन कि यो प्रदर्शन कति दिनसम्म जारी रहनेछ। तथापि धरना मञ्चको आकार र त्यहाँ गरिेका व्यवस्थाहरूलाई हेर्दा अनुमान लगाउन सकिन्छ कि यो कार्यक्रम आगामी केही दिनसम्म जारी रहनेछ।

पश्चिम बंगाल विधानसभामा विपक्षका नेता शुभेन्दु अधिकारीले शनिवार बिहान आफ्नो आधिकारिक सोशल मीडिया ह्याण्डलको माध्यमबाट जारी बयानमा भने, “हिजो धर्मतलामा ममता ब्यनर्जीको उपस्थितिमा अवैध अनुप्रवेशकारीहरूलाई बचाउनका लागि एउटा नाटक मञ्चन गरियो।”

उनले आफ्नो बयानमा यो पनि भने, राज्यमा कड़ोरौं रुपियाँको कथित क्याश-फर-स्कूल जब् मामिलाका पीड़ितहरू आफ्नो वास्तविक मागहरूलाईलिएर मुख्मन्त्रीको धरना मञ्च नजिक पुग्दा राज्यको सत्तासिन पार्टीको व्यवहार उनीहरूप्रति भिन्नै थियो।

अधिकारि अनुसार, “पश्चिम बंगालका वञ्चित सहायक शिक्षकहरू आफ्नो न्यायोचित मागलाई लिएर त्यस मञ्च सामु पुग्दा उनीहरूको कुरा सुन्नको सट्टा उनीहरूलाई भनियो- ‘तपाईहरूले यी सबै भाजपाको इशारामा गरिरहनु भएको छ।’ उनीहरूको हातमा रहेका पोस्टरहरूलाई लिएर व्यंग्य कस्दै भनियो, ‘यी सबै कुरा नरेन्द्र मोदी, अमित शाह र मुख्य चुनाउ आयुक्त ज्ञानेश कुमारलाई देखाइयोस्।’ यहाँसम्म कि लोकतन्त्रको चौथो स्तम्भ अर्थात मीडियालाई पनि भाजपाको एजेन्ट बताइयो।”

यस घटनाको उल्लेख गर्दै अधिकारीले प्रश्न उठाए, के पश्चिम बंगालका मानिसहरूलाई आफ्नो वैध मागहरूलाई उठाउने अधिकर पनि छैन। उनले भने, “के कसैलाई विरोध गर्ने सानो अधिकार पनि छैन? कसैले विरोध गर्न शुरू गऱ्यो कि त उसलाई कसै न कसैको एजेन्ट भनिन्छ। के वञ्चित सहायक शिक्षकहरूको आवाजलाई यसरी नै दिन-दिनै दबाइनेछ?”

उनले भने, पश्चिम बंंगालका जनताले सबै कुरा देखिरहेका छन् र बुझिरहेका छन् जसले समय आएपछि राज्यको सत्तासिन दललाई यसको जवाफ ्अवश्य दिनेछन्।

अधिकारीले भने, “अन्याय र अत्याचारको जवाफ दिनका लागि मानिसहरूले भन्नुपर्छ—‘हामीलाई परिवर्तन चाहिन्छ, हामीलाई भाजपाको सरकार चाहिन्छ।’”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande