
कोलकाता, 07 मार्च (हि.स.)। पश्चिम बंगालको पूर्व बर्धमान जिल्लामा एक हृदयविदारक घटना प्रकाशमा आएको छ। यहाँका एकजना व्यक्तिलाई आफ्नै दिव्यांग छोराको गला दबाएर हत्या गरी शवलाई तलाउ किनारमा दफन गरेको आरोपमा पक्राउ गरिएको छ।
शनिवार पुलिसद्वारा जारी बयान अनुसार घटना मेमारी थाना क्षेत्रको मण्डल ग्रामको हो। आरोपीको पहिचान सोनालाल मांंडीको रूपमा भएको छ जसलाई गए शुक्रवार राती पक्राउ गरिएको थियो।
भनिन्छ, उसको छोरा सूर्य मांडी जन्मैदेखिको दृष्टिहीन थियो भने उसको हात-खुट्टाले पनि सामान्य रूपमा काम गर्दैनथ्यो। छोराको विशेष स्थितिको कारणले परिवारलाई उसको हेरचाह गर्न ठूलो कठिनाई भइरहेको थियो। छोरा जन्माएको केही महिनापछि उसकी आमाले उसलाई र उसको पितालाई छोड़ेर गएकी थिई।
आमाले छाड़ेर गएपछि केही समयसम्म नानी आफ्नी हजुरआमा (आमातिरकी)-सित बस्यो, तर हजुरआमाको पनि मृत्यु भएपछि उसको हेरचाह गर्ने जिम्मेवारी हजुरआमा (बुवातिरकी)-माथि आइलाग्यो। पुलिस अनुसार त्यसपछिदेखि नै आरोपी पिताले छोरालाई बोझ मान्दै आइरहेको थियो।
स्थानीय मानिसहरूले पुलिसलाई बताए, आरोपीले पहिला आफ्नो छोरालाई अनाथालयमा पठाउने चेष्टा पनि गरेको थियो। यसमा असफल भएपछि उसले हत्या गर्ने योजना बनायो।
पुलिस अनुसार गत बुधवार सोनालाल मांडीले आफ्नो छोरालाई मेमारी बरापलाशन क्षेत्रस्थित कालदिघी तलाउको किनारमा लिएर गयो अनि त्यहीँ छोराको गला दबाएर हत्या गरिदिएपछि शवलाई तलाउ किनारमा दफन गरिदियो। तर भोलिपल्ट बिहान तलाउको पानी बढ़ेर माटो बगाएपछि शव बाहिर निक्लियो जसमाथि स्थानीय मानिसहरूको नजर परेपछि तुरून्तै पुलिसलाई सूचना दिइयो।
पुलिसले घटनास्थलमा पुगेर शवलाई पोस्टमर्टम गर्नको लागि बर्धमान मेडिकल कलेज एवं अस्पतालमा पठाइदियो। जाँच गर्ने क्रममा पुलिसले आरोपी पितालाई हिरासतमा लिएर जाँचबुझ गऱ्यो जसमा उसले हत्या गरेको कुरालाई स्वीकार गऱ्यो। त्यसपछि उसलाई पक्राउ गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा