बेलदाको बाखराबादमा सड़क सुरक्षामाथि विशेष सचेतनामूलक अभियान
बेलदाको बाखराबादमा सड़क सुरक्षामाथि विशेष सचेतनामूलक अभियान


मेदिनीपुर, 07 मार्च (हि.स.)। राष्ट्रिय राजमार्गमा बढ़्दो सड़क दुर्घटनाहरूलाई रोक्ने ध्येयले बाखराबाद मेला परिसरमा गए शुक्रवार अबेर सांझ एक विशेष जनजागरणमूलक कार्यक्रम आयोजना गरियो। हिजोआज राष्ट्रिय राजमार्ग-16 मा दुर्घटनाहरूको लगातार बढ़्दो संख्यालाई मध्यनजर गर्दै राष्ट्रिय राजमार्ग प्राधिकरणले आम मानिसहरूलाई जागरूक गराउने पहल शुरू गरेको छ।

बाखराबाद क्षेत्रमा डोल उत्सवको अवसरमा आयोजित मेलालाई यस जागरूकता अभियानको मुख्य मञ्च बनाइयो किनभने बाखराबाद क्षेत्र राष्ट्रिय राजमार्गको किनारमा अवस्थित छ। त्यसैले प्रायजसो नै यहाँ साना-ठूला दुर्घटनाहरू भइरहन्छन्। यसैलाई ध्यानमा राखेर मेलामा आएका मानिसहरूमाझ सड़क सुरक्षालाई लिएर जागरूकता बढ़ाउने कार्यक्रम आयोजना गरिएको हो।

राष्ट्रिय राजमार्ग प्राधिकरणको पक्षबाट स्लाइड शोको माध्यमबाट यस जागरूकता अभियानलाई अधिक प्रभावशाली बनाउने प्रयास गरिएको थियो। खड़गपुर-बालेश्वर प्रोजेक्टका प्रोजेक्ट म्यानेजर सञ्जय सुन्दर घटकले बताए, यदि आम मानिसहरू स्वयं जागरूक छन् भने राष्ट्रिय राजमार्गमा दुर्घटनाहरूको संख्यालाई धेरै हदसम्म कम गर्न सकिन्छ।

उनले भने, मेला वा ठूल्ठूला आयोजनहरूमा विभिन्न क्षेत्रहरूबाट मानिसहरू आएका हुन्छन्। यसै अवसरलाई उपयोग गर्दै ट्राफिक नियमहरूप्रति मानिसहरूलाई सचेत गराउने प्रयास गरियो। आनन्द अनि सांस्कृतिक माहोलबीच आम मानिसहरूसम्म सड़क सुरक्षाको सन्देशलाई पुऱ्याउनु नै यस पहलको मुख्य उद्देश्य हो।

साथै उनले अपील पनि गरे, उत्सव समाप्त भएपछि घर फर्किँदा वा भविष्यमा सड़क मार्गमा यात्रा गर्दा अधिक सतर्क तथा जिम्मेवार भएर यातायात नियमहरूलाई पालन गरियोस् ताकि दुर्घटनाहरूलाई रोक्न सकियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande