
नयाँ दिल्ली, 07 मार्च (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले भनिन्, मोदी सरकारको 'स्वस्थ भारत'- को संकल्पलाई आज जन औषधि परियोजनाले धरातलमा सार्थक रूप दिरहेको छ। केन्द्र सरकारको यो दूरदर्शी प्रयासले सुनिश्चित गर्छ कि देशका कुनै पनि नागरिक विशेष गरी मध्यम वर्ग तथा गरीब परिवार आर्थिक अभावको कारणले आवश्यक उपचारदेखि वञ्चित नरहोस्। स्वास्थ्य सेवाहरूलाई सर्वसुलभ तथ सस्तो बनाउनु नै योजनाको मूल ध्येय हो।
मुख्यमन्त्रीले सोशल मीडिया अकाउन्ट एक्समा आज जन औषधि दिवसको अवसरमा एउटा पोस्ट साझा गर्दै भनिन्, दिल्लीमा संचालित 620 वटाभन्दा अधिक जन औषधि केन्द्रहरूले आज लाखौं परिवारहरूको लागि ठूलो भरोसा बनिसकेको छ। उच्च गुणस्तरीय औषधिहरूलाई न्यूनतम मूल्यमा उपलब्ध गराएर यी केन्द्रहरू बिमारीहरूदेखि लड़्नमा सहायक सिद्ध भइरहेका छन् सथै आम जनताको कमाईको बचत पनि सुनिश्चित गरिरहेको छ। चिकित्सा क्षेत्रमा गरिएको यस्तो सकारात्मक पहलले समाजका अन्तिम व्यक्तिसम्म उन्नत स्वास्थ्यको अधिकार पुऱ्याउने काम गरिरहेको छ।
---
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा