कोलकातामा सबेरै विस्फोटको भय, बन्द क्लब भवनको टिनको छानो उड़्यो
कोलकातामा सबेरै विस्फोटको भय, बन्द क्लब भवनको टिनको छानो उड़्यो


कोलकाता, 07 मार्च (हि.स.)। शहरको पाइकपाड़ा क्षेत्रमा शुक्रवार सबेरै एक बन्द अवस्थामा रहेको क्लब घरम भएको श्रृङ्खलाबद्ध विस्फोटबाट क्षेत्रमा भय व्याप्त भएको छ। यो घटना पाइकपाड़ाको गांगुलीपाड़ा लेनमा भएको हो जहाँ लगभग 6 बजेर 11 मिनटमा भयानक विस्फोटको आवाज सुनेर सम्पूर्ण क्षेत्र ब्युँझियो। यस भयानक विस्फोटको कारमले क्लब घरको टीनको छानो उड़ेर नजिकैको एक बहुतले भवनको छतमा झऱ्यो।

स्थानीय मानिसहरू अनुसार लगातार न्यूनतम पनि पाँच पटक भयंकर विस्फोटको आवाज सुनियो। विस्फोटपछि घटनास्थलमा पुगेर हेर्दा क्लबको ढोका तथा टिनको छानो उड़ेर टाड़ा पुगेको थियो साथै भित्र आगो पनि लागेको थियो। घटनाको कारणले डराएका मानिसहरूले तुरून्तै चितपुर थानालाई सूचना दिए जसपश्चात पुलिस घटनास्थलमा पुग्यो। यसको साथै बम स्क्वाड र डग स्क्वाडलाई पनि जाँचको लागि बोलाइयो।

स्थानीयहरूले दाबी गरेका छन्, विस्फोट भएको ठाउँमा पहिला एउटा क्लब संचालन हुँदै आएको थियो जुन पछिल्लो 6-7 महिनादेखिको बन्द थियो। उनीहरूको भनाइ छ, क्लब र त्यस संलग्न क्षेत्रको प्रमोटिंगलाई लिएर विवाद भइरहेको थियो। कतिपय मानिसहरूले सन्देह व्यक्त गरे, यसै विवादको काकरणले कसैले परित्यक्त क्लब भवनमा बम लुकाएर राखेको थियो होला।

घटनापछि क्षेत्रको सुरक्षा व्यवस्थालाई लिएर पनि प्रश्न उठिरहेको छ। स्थानीय मानिसहरूले तुरून्तै क्षेत्रमा पुलिस तैनाथी बढ़ाउने तथा क्बल परिसर वरपर सीसीटीभी क्यामरा जड़ान गर्ने माग गरेका छन्। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

उल्लेखनीय छ, राज्यमा विधानसभा चुनाउ आउनु अब केही दिन मात्र बाँकी छ। त्यसैले कोलकाताको माझमा भएको यस विस्फोटको घटनाले मानिसहरूमा चिन्ता तथा भय व्याप्त हुनु स्वभाविक हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande