इम्फाल रेलवे परियोजनालाई पूर्ण समर्थन दिने भरोसा मुख्यमन्त्रीले दिलाए
इम्फाल रेलवे परियोजनालाई पूर्ण समर्थन दिने भरोसा मुख्यमन्त्रीले दिलाए


इम्फाल, 07 मार्च (हि.स.)। मणिपुर समेत सारा पूर्वोत्तरमा यातायात व्यवस्थालाई सर्वोत्कृष्ट बनाउने उद्देश्य अन्तर्गत केन्द्र सरकारले रेलवे परियोजनाहरूलाई विस्तार दिनको लागि केही महत्वपूर्ण परयोजनाहरूमाथि काम गरिरहेको छ। यसै क्रममा मणिपुरको राजधानी इम्फाललाई देशका रहल भागहरूसित जोड़्ने निर्माण कार्य जारी छ। यस सम्बन्धमा मणिपुरका मुख्यमन्त्री वाई खेमचन्द सिंहले भनेका छन्, राज्य सरकारले इम्फाललाई राष्ट्रिय रेल नेटवर्कसित जोड़्ने रेलवे परियोजनालाई समयमै पूर्ण गर्नको लागि हरेक आवश्यक सहयोग उपलब्ध गराउनेछ।

असमको कछार जिल्ला संलग्न सीमामा अवस्थित जिरीबाम शहरलाई इम्फालसित जोड़्ने प्रस्तावित 111 किमीको रेलवे लाइन एक अहम बुनियादी ढाँचा परियोजना हो जसको अनुमानित लागत 22,000 कड़ोर रुपियाँभन्दा अधिक छ। यस लाइन आगामी वर्ष 2028-सम्ममा पूर्ण रूपमा संचालनमा आउने आशा छ।

मुख्यमन्त्रीले सो मन्तव्य गए शुक्रवार राती मुख्यमन्त्री सचिवालयमा पूर्वोत्तर सीमान्त रेलवे (पूसीरे)- का अधिकारीगण जसमा महाप्रबन्धक (निर्माण, मालीगाउं) आशिष बन्सल पनि सामेल थिए, सित बैठक गरेपछि व्यक्त गरेका हुन्। सोशल मीडियामा बैठक बारे जानकारी साझा गर्दै मुख्यमन्त्री सिंहले भने, प्रतिनिधिहरूले उनलाई इम्फाललाई जोड़्ने रेलवे लाइनको वर्तमान प्रगतिको बारेमा बताए अनि यसलाई राज्यको लागि एक महत्वपूर्ण बुनियादी ढाँचा परियोजना बताए।

उनले भने, रेलवे लाइन संचालनमा आएपछि मणिपुरको परिवहन बुनियादी ढाँचा सशक्त बन्नेछ, देशका अन्य भागहरूसित सम्पर्क गर्ने क्षमता बलियो हुनेछ तथा आपूर्ति श्रृङ्खला अझ बढ़ी सुरक्षित र व्यवस्थित हुनेछ।

इम्फाल-जिरीबाम रेलवे परियोजना पूरा भएपछि यस क्षेत्रमा सम्पर्क अनि आर्थिक विकासले ठूलो प्रोत्साहन पाउने आशा पनि छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande