
इम्फाल, 07 मार्च (हि.स.)। मणिपुर पुलिसले राज्यका भिन्न-भिन्न भागहरूमा बितेका 24 घण्टाभित्रमा संचालित अभियानको क्रममा प्रतिबन्धित विभिन्न संगठनहरूका क्याडरहरूलाई पक्राउ गरेको छ। पुलिसले यी क्याडरहरूसित जाँचबुझ गरिरहेको छ।
मणिपुर पुलिस मुख्यालयद्वारा आज जारी एक आधिकारिक बयानमा बताइएको छ, बितेको शुक्रवार सुरक्षा बलहरूले इम्फाल इन्टरनेशनल एयरपोर्टबाट एनआरएफएमका सक्रिय क्याडर निंगथौजम निंगथौंगम्बा मैतेई (27) उपनाम मंगांगलाई पक्राउ गरे जो चुराचाँदपुर ज़िल्लाको हिंगोल मारुप ज़ेनहांग लम्का निवासी रहेको बताइएको छ।
अर्को अभियानमा सुरक्षा बलहरूले यूएनएलएफ (पी)- का सक्रिय कार्यकर्ता वाहेंगबाम प्रेमकुमार सिंह (37) उपनाम डेम्बालाई पक्राउ गरेका छन् इम्फाल इस्ट जिल्लाकोखुरई सजोर लैरौ पुखरी मपाल निवासी प्रेमकुमारलाई विभिन्न आपराधिक गतिविधिहरूमा सामेल रहेको आरोपमा पक्राउ गरिएको हो। उसका सहयोगी सेनजाम रोकेन सिंह (42) उपनाम रकेटलाई पनि पक्राउ गरियो जो पूर्वी इम्फालको खुरई चैथाबी लिराक माचिन निवासी रहेको बताइएको छ। आरोपीबाट एउटा 9 मिमीको पिस्तोल र म्यागजिन जफत गरिएको छ। यस अतिरिक्त दुवै आरोपीबाट दुई वटा मोबाइल फोन र एउटा आधार कार्ड पनि जफत गरिएको छ।
यसैबीच सुरक्षा बलहरूले बितेको बिहीवार विष्णुपुर जिल्लाको केइबुल लामजाओ थाना अन्तर्गत इथिंग खोला खेल मैदान क्षेत्रबाट विभिन्न भूमिगत संगठनहरूका दुईजना क्याडरहरूलाई पक्राउ गरे जसको पहिचान प्रीपाक संगठनका क्याडर ख्वाइराकपम बेदजीत सिंह उपनाम कप्पा (23) औ पीएलएका सक्रिय क्याडर शगोलसेम इबोचौबा सिंह उपनाम तोम्बा (22)- को रूपमा गरिएको छ। दुवैसित जाँचबुझ गरिएपछि इथिंग खेल मैदानको तकमू झीलबाट एउटा एचके-33 राइफल म्यागजिन र 38 राउण्ड जिउँदो कारतूस, तीन वटा आईडी, एउटा अलिव ग्रीन टी-शर्ट, मिलिट्री जस्तो ड्रेस जसमा क्यामोफ़्लेज प्यान्ट अनि क्यामोफ़्लेज टी-शर्ट सामेल छन्।
सुरक्षा बलहरूले बितेको शुक्रवार जिल्लाको बाहिरी तथा संवेदनशील क्षेत्रहरूमा खोजी अभियान तथा एरिया डोमिनेशन संचालन गरे। राज्यका भिन्न-भिन्न जिल्लाहरूका हिमाली तथा उपत्याका क्षेत्रहरूमा 114 नाका/चेक पोइन्ट राखिएको थियो तथापि यस अवधि कसैलाई पनि पक्राउ गरिएको सूचना छैन। राष्ट्रिय राजमार्ग-37 माश्यक वस्तुहरू धुवानी गर्ने 102 वटा वाहनहरूलाई आवागमन सुनिश्चित गरिएको छ। सबै संवेदनशील क्षेत्रहरूमा सुरक्षाको ठोस प्रबन्ध गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा