ट्याङ्कीमा डुबेर तीन अबोधको मृत्यु, आमाको अवस्था गम्भीर
ट्याङ्कीमा डुबेर तीन अबोधको मृत्यु, आमाको अवस्था गम्भीर


नागाैर, 07 मार्च (हि.स.)। जिल्लाको सदर थाना क्षेत्रस्थित बसवाणी गाउंमा गए शुक्रवार राती भएको एक दुर्घटनामा तीनजना नानीहरूको पानीको ट्याङ्कीमा डुबेर मृत्यु भयो भने उनीहरूकी आमाको अवस्था गम्भीर छ।

जानकारी अनुसार नानीहरूका हजुरबुवा-हजुरआमा खेतमा काम गर्न गएका थिए। उनीहरू अबेर राती घर फर्केर आुँदा घर बाहिर बनिएको ट्याङ्कीको ढकनी खुल्लै थियो। शंका लागेर उनीहरूले ट्याङ्कीमा नियालेर हेर्दा आमा-छोरा-छोरीहरूलाई पानीमाथि तैरिरहेको देखे। यस्तो दृश्य देखेर उनीहरूले डरले चिच्याए। चिच्याएको सुनेर छर-छिमेकका मानिसहरू घटनास्थलमा पुगे अनि सबैले मिलेर चारैजनालाई बाहिर निकाले। त्यसपछि परिवारजन र ग्रामीणहरूले सबैला तुरून्तै नागोरको जेएलएन अस्पतालमा पुऱ्याए जहाँ डाक्टरहरूले तीनजना नानीहरूलाई मृत घोषित गरिदिए।

यस दुर्घटनामा जोम्ल्याह दिदी-बहिनी गुञ्जन (5) र अनुष्का (5) तथा उनीहरूको भाइ रुद्र (2)-को मृत्यु भयो भने उनीहरूकी आमा मञ्जु देवी (25)-को अस्पतालमा उपचार भइरहेको छ जसको अवस्था गम्भीर रहेको बताइएको छ।

सदर थाना पुलिसले मामिलाको जाँच शुरू गरेको छ। हाल यो स्पष्ट हुन सकेको छैन कि नानीहरू खेल्ने क्रममा ट्याङ्कीभित्र पसेका हुन् वा घटनाको पछाड़ि अन्य कारण छ। पुलिसको भनाइ छ, महिलाको अवस्थामा सुधार आएपछि घटनाको सही कारण पत्तो लाग्नसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande