अवैध हतियारसितै बिहारका दुई तस्कर पक्राउ, एसटीएफले कार्बाइन र तीन वटा पिस्तोल जफत गऱ्यो
अवैध हतियारसितै बिहारका दुई तस्कर पक्राउ, एसटीएफले कार्बाइन र तीन वटा पिस्तोल जफत गऱ्यो


कोलकाता, 07 मार्च (हि.स.)। पश्चिम बंगाल पुलिसको विशेष कार्यबल (एसटीएफ)-ले अवैध हतियारविरूद्ध ठूलो कारबाही गर्दै बिहारका दुईजना मानिसहरूलाई पक्राउ गरेको छ। यी दुईबाट एउटा नौ मिलीमीटर कार्बाइन र तीन वटा पिस्तोल सहित केही खाली म्यागजिन जफत गरिएको छ।

एसटीएफका एसपी आईपीएस इन्द्रजित सरकारले शनिवार बिहान बताए, गए शुक्रवार अबेर राती गुप्त सूचनाको आधारमा एसटीएफको टीमले पश्चिम मेदिनीपुर जिल्लाको बसुदेवपुर थाना अन्तर्गत कयरापुर निकट छापा माऱ्यो। यस छापामारीमा दुईजना मानिसहरूलाई पक्राउ गरियो जसको पहिचान बिहारको मुंगेर जिल्लास्थित धोबीतला निवासी आलोक कुमार र मिर्जापुर निवासी प्रेम कुमारको रूपमा भएको छ। खानतलासीमा यिनीहरूको कब्जाबाट एउटा नौ मिलीमीटर कार्बाइन, दुई वटा खाली म्यागजिन तथा तीन वटा सात मिलीमीटर पिस्तोल र छः वटा खाली म्यागजिन भेटियो जसलाई पुलिसले जफत गरेको छ।

घटनाको सम्बन्धमा एसटीएफ थानामा शस्त्र अधिनियमका सम्बन्धित धाराहरू अन्तर्गत मामिला दर्ता गरिएको छ। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ साथै यो पत्तो लगाउने चेष्टा गरिरहेको छ कि यी हतियारहरू कहाँबाट ल्याइएको थियो र यसको पछाड़ि कुन गिरोहको हात छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande