
नयाँ दिल्ली, 16 अप्रेल (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आन्ध्र प्रदेशको कुरनूल जिल्लामा भएको दुर्घटनाप्रति दुःख व्यक्त गरे। उनले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरे औं घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गरे।
प्रधानमन्त्रीले प्रधानमन्त्री राष्ट्रिय राहत कोष (पीएमएनआरएफ) बाट मृतकका आफन्तलाई प्रतिव्यक्ति 2 लाख रुपियाँको अनुग्रह राहत प्रदान गर्ने घोषणा गरे भने घाइतेहरूले 50 हजार रूपियाँ पाउनेछन्।
प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गर्दै भनेको छ, प्रधानमन्त्रीले आन्ध्र प्रदेशको कुरनूल जिल्लामा भएको दुर्घटना अत्यन्तै दुःखद भएको बताए।
हिन्दुस्थान समाचार / भवानी थामी