
नोएडा, २० अप्रेल (हि.स.)। नोएडामा १३ अप्रेलको श्रमिक हिंसा मामिलामा पुलिसले आइतबार राति दुई आरोपीलाई पक्राउ गरेका छन्। यी दुवै जना बिगुल मजदूर दस्ता संगठनका सक्रिय सदस्य रहेको पुलिस अधिकारीहरूले बताए। पुलिस अनुसार, यी दुवै १३ अप्रेलमा नोएडामा उपस्थित थिए र मुख्य साजिशकर्ता आदित्य आनन्दसँग लगातार सम्पर्कमा थिए।
पुलिस आयुक्त लक्ष्मी सिंहका मीडिया प्रभारी विजय कुमार गुप्ताले बताए अनुसार, नोएडा पुलिसले आइतबार राति नोएडा फेस‑२ थाना क्षेत्रबाट हिमांशु ठाकुर (स्थायी ठेगाना ग्राम नियर रुद्राक्ष गार्डन, उधम सिंह नगर, हाल शालीमार गार्डन, दिल्ली) र सत्यम वर्मा ( लखनऊ) लाई पक्राउ गरेका छन्। उनीहरू दुवै जना बिगुल मजदूर दस्ताका सदस्य रहेको बताए। हिमांशु घटनाका दिन नोएडामा उपस्थित थिए र मास्टर माइन्ड आदित्य आनन्दसँग लगातार सम्पर्कमा थिए। यी दुवैलाई सोमबार अदालतमा उपस्थित गराइने पुलिसले बताएको छ। हिमांशु यू‑ट्यूबर रहेको बताइएको छ।
पुलिसले यसअघि आदित्य आनन्द समेत तीन जना आरोपीलाई पहिलेनै पक्राउ गरेको थियो। अहिले यी दुईको पक्राउ जाँचको एक महत्वपूर्ण कडी मानिएको छ। श्रमिक आन्दोलनको समयमा भएको हिंसापछि नोएडा पूलिस, एसटीएफ र गुप्तचर एजेन्सीहरू जाँचमा लगातार जुटेका छन्। जाँचमा पत्ता लागेको छ कि हिमांशु ठाकुरले एमए गरिसकेपछि श्रमिकहरूका आर्थिक र अन्य समस्याको आधारमा पीएचडी गर्ने तयारी गरेका थिए। उनी यस संगठनकी कार्यकर्ता आकृतिको सम्पर्कमा आएपछि यस संगठनसँग जोडिए। आकृतिलाई नोएडा पुलिसले श्रमिक हिंसा मामलामा पहिलेनै पक्राउ गरेको थियो।
अधिकारीहरूका अनुसार, आकृतिले हिमांशुको सम्पर्क तमिलनाडुबाट पक्रा परेका एक लाखको इनाम रहेका आरोपी आदित्य आनन्दसँग गराएको थियो। आदित्य आनन्दसँग मिलेर उनी श्रमिक आन्दोलन र जनसभाहरूमा निरन्तर उपस्थित हुन थाले।
पुलिसका अनुसार, उनी लगातार श्रमिकहरूसँग सम्पर्कमा थिए र भिडियो कलको माध्यमले श्रमिकहरूलाई भडकाउने काम गरिरहेका थिए। पुलिस स्रोतहरू बताउँछन्, यस संगठनको लखनऊस्थित कार्यालयमा नोएडा पुलिसले छापामारी गरेको थियो।
यस्तै, नोएडा श्रमिक हिंसा मामिलामा शान्तिभंगको धारामा पक्रि परेका लगभग १००० श्रमिकहरूलाई पुलिसले जेलबाट रिहा गरेको छ। रिहाईको समय प्रावधान गरिएको थियो कि जेलबाट छुटेपछि उनीहरूले फेरि कुनै पनि त्यस्तो अपराध गर्नु हुँदैन जसले सार्वजनिक शान्ति भंग गर्न सक्छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी