
नयाँ दिल्ली, 20 अप्रेल (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू कश्मीरको उधमपुरमा भएको दुःखद बस दुर्घटनाप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। उनीहरूले दुर्घटनामा ज्यान गुमाउनेहरूका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
राष्ट्रपतिले एक्समा पोस्ट गरेकी छन्, जम्मू कश्मीरको उधमपुर जिल्लामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेहरूको बारेमा थाहा पाउँदा म अत्यन्तै दुःखी छु। यस दुर्घटनामा ज्यान गुमाउनेहरूका परिवारप्रति म समवेदना व्यक्त गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
प्रधानमन्त्रीले उधमपुरमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेहरूको खबरमा गहिरो दुःख व्यक्त गरेका छन्। उनले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
प्रधानमन्त्री कार्यालय अनुसार, यस दुर्घटनामा ज्यान गुमाउने प्रत्येक व्यक्तिका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोष (पीएमएनआरएफ) बाट 2 लाख रुपियाँको अनुग्रह रकम प्रदान गरिनेछ। घाइतेहरूले 50 हजार रूपियाँको आर्थिक सहयोग पाउनेछन्।
उल्लेखनीय छ कि सोमवार जम्मू कश्मीरको उधमपुर जिल्लामा एउटा यात्रुवाहक बस पहाड़बाट खस्दा 16 जनाको मृत्यु हुनुका साथै 20 जना घाइते भए। दुर्घटनापछि राहत र उद्धार कार्य द्रुत गतिमा शुरु गरियो।
हिन्दुस्थान समाचार / भवानी थामी