
काठमाडौँ, 24 अप्रेल (हि.स.)। नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता त्यागेका 17 जना डाक्टरको मेडिकल लाइसेन्स रद्द गरेको छ। नेपाली नागरिकता त्यागेका विदेशी नागरिकता लिने डाक्टरको लाइसेन्स पञ्जीकरण रद्द गरिएको काउन्सिलले सूचना जारी गरेको छ।
सूचनामा भनिएको छ, नेपाल मेडिकल काउन्सिल ऐन, नियमावली र नेपाली नागरिकता कानुनअनुसार विदेशी नागरिकता प्राप्त गरेका डाक्टरहरूलाई काउन्सिलको पञ्जीकरण रेकर्डबाट हटाइएको छ।
लाइसेन्स रद्द भएका डाक्टरहरूमा डा. शर्मिला गुरुङ, डा. रोशन भुषाल, डा. मोति गुरुङ, डा. देवराज रेग्मी, डा. मेरिना गुरुङ, डा. निरंजनदेव पान्डे, डा. रोजन केसी, डा. ममता गुरुङ, डा. राजीव हमाल, डा. सलुजा सिंह थारू, डा. सुजना केसी, डा. जोस्ना शाही, डा. मनीषा हमाल र डा. सुप्रिया शाक्य सामेल छन्।
यसरी नै डा. इच्छा नेउपाने, डा. दीपेन ढाकल र डा. तुषार सरवजनाको लाइसेन्स पनि रद्द गरिएको छ। काउन्सिलका अनुसार, यी डाक्टरहरूले भारतीय, बेलायती, अमेरिकी, अष्ट्रेलिया र हङकङको नागरिकता प्राप्त गरेका छन्।
--------
हिन्दुस्थान समाचार / बिशाल