
नयाँ दिल्ली, 28 अप्रेल (हि.स.)। नोएडा अन्तरराष्ट्रिय विमानस्थलले नागरिक उड्डयन सुरक्षा ब्यूरो (बीसीएएस) बाट आफ्नो सुरक्षा योजनाको लागि स्वीकृति प्राप्त गरेको छ, जुन उड़ान सञ्चालन पुनः शुरू गर्ने दिशामा एक महत्वपूर्ण कदम हो। विमानस्थल प्रशासनले अब उड़ान सेवा पुनः शुरु गर्ने मितिलाई अन्तिम रूप दिन विमानन कम्पनीहरू र अन्य सरोकारवालाहरूसँग मिलेर काम गरिरहेको छ।
नोएडा अन्तरराष्ट्रिय विमानस्थलले मंगलवार जानकारी गराएको छ, यसको ध्यान अब सबै प्रणाली, प्रक्रियाहरू र कर्मचारी सुरक्षित, कुशल र सुचारू सञ्चालनको लागि पूर्ण रूपमा तयार छन् भनी सुनिश्चित गर्नमा छ।
नोएडा अन्तरराष्ट्रिय विमानस्थल उत्तर प्रदेशको गौतम बुद्ध नगर जिल्लाको जेवरमा विकास भइरहेको नयाँ परियोजना हो। विमानस्थल क्षेत्रीय सम्पर्क र आर्थिक वृद्धिलाई बढ़ावा दिन डिजाइन गरिएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले 28 मार्चमा विमानस्थलको उद्घाटन गरेका थिए। यसको परिचाल शुरू भएपछि यसले दिल्लीको इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुको चाप कम गर्ने र राष्ट्रिय राजधानी क्षेत्रको लागि एक प्रमुख उड्डयन केन्द्रको रूपमा देखा पर्ने अपेक्षा गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी