
आसनसोल, 29 अप्रेल (हि.स.)। पूर्व बर्धमान जिल्लाका 16 वटा विधानसभा सीटहरूमा मङ्गलवार बिहान सात बजेदेखि मतदान प्रक्रिया शुरू भयो। बङ्गाल विधानसभा चुनाउ 2026 को दोस्रो चरणमा जिल्लाका 37,71,757 मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गर्नेछन् जसमा 19,15,117 पुरुष, 18,56,593 महिला औ 47 थर्ड जेण्डर मतदाता सामेल छन्। बिहानदेखि नै विभिन्न मतदान केन्द्रहरूमा मतदाताहरूको लामो पङ्क्ति देखियो। तथापि केही स्थानहरूमा ईभीएम मशिन खराब भएको कारणले मतदान प्रक्रिया प्रभावित भयो जसले गर्दा मतदाताहरूलाई समस्याको सामना गर्नुपऱ्यो।
स्मरण गराइन्छ, मतदान भइरहेका पूर्व बर्धमान जिल्लाका 16 वटा विधानसभा सीटहरूमा कालना, मेमारी, कटवा, मङ्गलकोट, आउसग्राम, गुस्करा, भातार, बर्धमान उत्तर, बर्धमान दक्षिण, रैना, जमालपुर, खण्डघोष, गलसी, पाण्डवेश्वर सीमावर्ती क्षेत्र संलग्न कतिपय भाग, पूर्वस्थली दक्षिण औ पूर्वस्थली उत्तर सामेल छन्। सबै सीटहरूमा सुरक्षाको कड़ा व्यवस्था गरिएको छ भने प्रशासनले लगातार स्थितिममाथि नजर राखिरहेको छ।
बिहान मतदान शुरू हुनसाथ कतिपय बूथहरूमा तकनिकी समस्या देखियो। गलसी विधानसभा क्षेत्रको बूथ नम्बर 65 मा ईभीएम मशिन खराब भएको कारणले मतदान शुरू हुन सकेन जसले गर्दा मतदाताहरूलाई ठूलो असुविधा भयो। त्यहाँ उपस्थित मतदाताहरूको भनाइ थियो, उनीहरू बिहान 5 बजेदेखि नै पङ्क्तिबद्ध भएर बसेका छौं, तर लामो प्रतिक्षा गर्दा पनि भोटिङ्ग शुरू भएको छैन। मतदाताहरूले आरोप लगाए, बूथ बाहिर बस्ने समुचित व्यवस्था गरिएको छैन जसले गर्दा उनीहरूलाई चर्को घाममा उभिन परिरहेको छ।
यसरी नै बर्धमान दक्षिण विधानसभा क्षेत्रको बूथ संख्या 140 मा पनि ईभीएम खराब भएर मतदान नै प्रभावित भयो। गलसी विधानसभाको भरतपुर बूथ संख्या 88-मा पनि ईभीएममा तकनिकी खराबी आएको सूचना प्राप्त भयो। तथापि प्रशासनले तत्काल कारबाही गर्दै मशिनहरूलाई ठीक गर्ने तथा मतदानलाई सामान्य बनाउने प्रयास गऱ्यो
गलसी विधानसभा क्षेत्रको बुदबुद मोडल बूथ संख्या 130 र 131- मा शान्तिपूर्ण ढङ्गमा मतदान शुरू भयो। यहाँ मतदाताहरूलाई व्यवस्थित ढङ्गमा पङ्क्तिबद्ध भएर आफ्नो मताधिकार प्रयोग गरेको देखियो।
प्रशासनको दाबी छ, जिल्लाका अधिकांश बूथहरूमा मतदान शान्तिपूर्ण ढङ्गमा भइरहेको छ। तकनिकी समस्या देखिएका क्षेत्रहरूमा पनि मतदानलाई सामान्य बनाउने चेष्टा गरिँदैछ। चुनाउ आयोग र जिल्ला प्रशासनले लगातार स्थितिमाथि नजर राखिरहेको छ ताकि मतदाताहरूलाई कुनै प्रकारको असुविधा नहोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा