'यादें' हिन्दी म्युजिक भिडियोमा महानदीको सौन्दर्य: पर्यटन प्रवर्द्धनको नयाँ प्रयास
'यादें' हिन्दी म्युजिक भिडियोमा महानदीको सौन्दर्य: पर्यटन प्रवर्द्धनको नयाँ प्रयास


खरसाङ, 29 अप्रेल (हि.स.)। खरसाङको महानदी निवासी एवं राँचीमा कार्यरत झारखण्ड पुलिसका जवान तथा गायक जयदेव प्रधानले आफ्नो नयाँ हिन्दी म्युजिक भिडियो 'यादें' सार्वजनिक गरेका छन्। जयदेवले आफ्नो जन्मभूमि खरसाङस्थित महानदीको प्राकृतिक सौन्दर्यलाई यो भिडियोमा कलात्मक ढंगले प्रस्तुत गरेका छन्।

यस भिडियोमार्फत् प्रधानले महानदीको शान्त वातावरण, स्थानीय होमस्टेहरू र त्यहाँ लुकेका पर्यटनका अपार सम्भावनाहरूलाई उजागर गरेका छन्। उनले भिडियोको सिनेम्याटिक दृश्यबाट महानदीलाई आन्तरिक तथा बाह्य पर्यटकका लागि एक उत्कृष्ट गन्तव्यका रूपमा चिनाउने प्रयास गरेका छन्।

कला र पर्यटनको सन्देश यसबारे प्रधान भन्छन्, महानदीको सुन्दरता र यहाँको आतिथ्य सत्कार र संस्कृतिलाई संगीतको माध्यमबाट विश्वसामु चिनाउने मेरो सानो प्रयास हो। यसले पर्यटन प्रवर्द्धनका साथै स्थानीय स्तरमा रोजगारीका अवसरहरू सिर्जना गर्न मद्दत गर्नेछ।' उनले आफ्नो म्युजिक भिडियो युट्युबमा पनि रिलिज गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande