
खरसाङ, 29 अप्रेल (हि.स.)। खरसाङको शेर्पा बस्तीस्थित शेडुप धार्गेलिङ्ग गुम्बामा यस वर्ष पनि भव्य रूपमा बुद्ध जयन्ती समारोह पालन गरिने भएको छ। यस गुम्बामा विगत धेरै वर्ष अघिदेखि भव्य रुपमा बुद्ध जयन्ती पालन गर्दै आइरहेको छ। यस वर्ष पनि आगामी 1 मईमा शेडुप धार्गेलिङ्ग गुम्बा शेर्पा बस्ती, खरसाङमा भव्य रुपमा बुद्ध जयन्ती पालन गरिने बताइएको छ।
आयोजक समितिकाे पक्षबाट सबै सबैलाई हार्दिक स्वागत जनाउँदै उपस्थितिको लागि निवेदन गरिएको छ। उक्त बौद्ध जयन्तीको अवसरमा 30 अप्रेलका दिन बिहान पूजा अर्चना साथै 2 बजीदेखि छोकल पूजा आयोजना गरिने छ। त्यसरी नै 1 मईमा बिहान शान सालिङ गरेर खरसाङ बजार परिक्रमा गरेर दिउँसोको समयमा आयुको पूजा गरिने छ। बुद्ध जयन्तीको अवसरमा नेपालबाट वरिष्ठ खेन्पो सुल्ट्रिम दोर्जे उपस्थित रहने छन् भने उनकै बाहुलीबाट वाङ्ग वितरण गरिने भएको छ।
सभासद श्याम शेर्पा र खरसाङको शेर्पा बस्तीस्थित शेडुप धार्गेलिङ्ग गुम्बाका संरक्षक लामा निमाले सबै बौद्ध धर्मावलम्बीहरु र भक्तजनलाई उपस्थित भइदिने अनुरोध गरेका छन्। उनीहरूले भने, खरसाङको शेर्पा बस्तीस्थित शेडुप धार्गेलिङ्ग गुम्बामा यस वर्ष पनि भव्य रूपमा बुद्ध जयन्ती समारोह पालन गरिने छ। 30 अप्रेल बुधवार बिहान 10 बजीदेखि खेन्पोद्वारा भक्तजनलाई आशिष बाढ्ने र दिउँसो 2 बजीदेखि छोकल पूजा आयोजना गरिने छ।
1 मई बिहान गुम्बामा शान सालिङ गरेर बौद्ध धर्म अनुसार प्रतिमालाई खरसाङ बजार क्षेत्रमा परिक्रमा गराइने छ। दिउँसो लामाद्वारा आयुको पूजा गरिने छ। आयोजक समितिको तर्फबाट दुई दिवसीय पूजा साथै बुद्ध जयन्तीको अवसरमा सबैलाई उपस्थित भइदिने अनुरोध पनि गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक