मुख्यमन्त्रीले काल्चिनीका निवर्तमान विधायक लामालाई भेटे
मुख्यमन्त्रीले काल्चिनीका निवर्तमान विधायक लामालाई भेटे


गान्तोक, 29 अप्रेल (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले निवर्तमान विधायक बिशाल लामासॅंग भेट गरेका छन्। उनले लामालाई आगामी चुनाउमा सकारात्मक परिणामको शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा निर्वतमान विधायकसॅंग फोटो साझा गरेका छन्।

उनले निवर्तमान विधायक तथा पश्चिम बंगाल चुनाउमा काल्चिनी निर्वाचन क्षेत्रबाट भाजपा उम्मेदवार बिशाल लामासॅंग भेट भएकोमा खुशी व्यक्त गरेका छन्। उनले लामालाई चुनाउमा सकारात्मक परिणाम तथा समर्पण र इमान्दारीका साथ जनताको सेवामा निरन्तर लागिरहन शुभकामना व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande