
गान्तोक, 29 अप्रेल (हि.स.)। रम्फू थाना क्षेत्र अन्तर्गत सिङ्गलेबुङ, बागेखोलामा स्थानीय एक व्यक्तिको घरमा चोरी भएको छ। अज्ञात आरोपी (हरू) ले नगदसहित सुनका गहनाहरू चोरी गरेका छन्।
पुलिस रिपोर्टमा उल्लेख गरिएअनुसार, अज्ञात आरोपी (हरू) ले पीडित व्यक्तिको घरबाट 80 हजार रूपियॉं नगद र सुनका गहनाहरू चोरी गरेका छन्। घटनापछि पीडित व्यक्तिले थानामा प्राथमिकी दर्ता गराए।
पुलिसले घटनाको सम्बन्धमा भारतीय न्याय संहिता 2023 को धारा 331/305 अन्तर्गत मामिला दर्ता गरेको छ। आरोपीलाई पक्राउ गर्न जॉंच शुरू गरिएको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल