
चण्डीगढ़, ०७ अप्रेल (हि.स.)। पूर्व क्रिकेटर तथा नवजोत सिंह सिद्धूकी पत्नी डा. नवजोत कौर सिद्धूले नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेकी छन्। उनले आफ्नो एक्स ह्यान्डलमार्फत ‘भारतीय राष्ट्रवादी पार्टी’ को औपचारिक घोषणा गरिन्।
पार्टी गठनको यस महत्वपूर्ण निर्णयका क्रममा नवजोत सिंह सिद्धू उनीसँग उपस्थित थिएनन्। उनी हाल क्रिकेट कमेन्ट्रीमा व्यस्त रहेका छन्।
डा. नवजोत कौर सिद्धू यसअघि पञ्जाबमा मुख्य संसदीय सचिव रहिसकेकी छन्। उनी आफ्नो पतिसँगै भारतीय राष्ट्रिय कांग्रेसमा पनि सक्रिय रहिएकी थिइन्।
नवजोत कौर सिद्धूले आफ्नो पार्टीको घोषणा कुनै होहल्ला नगरि शान्त रूपमा गरेकी छन्। सोमबार राति उनले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएकी थिइन्।
उनले आफ्नो पोस्टमा लेखेकी छन्, जुन घोषणाको लामो समयदेखि प्रतीक्षा गरिएको थियो, त्यो अब सार्वजनिक भएको छ। वर्तमान राजनीतिक नेताहरूको कामको स्तरलाई सूक्ष्म रूपमा निगरानी र समीक्षा गरेपछि राष्ट्रिय स्तरमा नयाँ विकल्प निर्माण गर्ने काम शुरु गरिएको हो।
उनले देशप्रति आफ्नो जीवन समर्पित गर्दै जनताले वास्तवमै पाउनुपर्ने अधिकार र अपेक्षा पूरा गर्ने उद्देश्य राखिएको बताएकी छन्। समान विचारधाराका मानिसहरूलाई एकजुट गर्दै, क्षमता, आत्मविश्वास, साहस र दृढ़ संकल्पका साथ प्रत्येक राज्यमा काम गर्ने योजना रहेको उनले उल्लेख गरिन्।
उनको भनाइअनुसार, पार्टीको साझा लक्ष्य न्याय र शान्ति प्रदान गर्नु हो, र प्रेममार्फत ‘उच्च चेतना’ को ऊर्जा अनुसार काम गर्दै ‘वाहेगुरु जी’ ले चाहनु भएको मार्गमा अघि बढ्नु हो।
उनले पञ्जाबलाई यसको हराएको पुरानो शान, ‘स्वर्ण राज्य’ को रूपमा पुनःस्थापित गर्ने लक्ष्य पनि राखेकी छन्। यस्तो राज्य जहाँ मानिसहरू प्रेम, सहअस्तित्व, न्याय, स्वतन्त्रता र अधिकारको महत्व बुझून्।
उनले थप भनिन्, यो सरकार जनताको, जनताका लागि र जनताद्वारा सञ्चालन हुने हुनेछ। उनले आध्यात्मिक गुरुहरूको मार्गदर्शनमा मानिसहरूको पीडित आत्मालाई सान्तवना दिँदै ‘सत्य र प्रेम’ को मार्गमा अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरिन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी