संघको नाममा फेरि जाली पत्र, कांग्रेसको घटिया राजनीतिका अर्को उदाहरण
सुरूचि प्रकाशनका अध्यक्ष राजीव तुली


नयाँ दिल्ली, ०८ अप्रेल (हि.स.)। असममा चुनाउ प्रचार समाप्त हुने अन्तिम दिन फेरि एकपटक राष्ट्रिय स्वयंसेवक संघको नाममा एउटा जाली पत्र सार्वजनिक गरिएको छ। उक्त पत्र कथित रूपमा संघ प्रमुखले प्रधानमन्त्रीलाई लेखेको बताइएको छ। असममै कांग्रेसका राष्ट्रिय अध्यक्ष मल्लिकार्जुन खरगेद्वारा संघ र भाजपा विरुद्ध गरिएका अभद्र टिप्पणीपछि संघको नाममा जारी यो जाली पत्रलाई कांग्रेसको सोशल मिडिया टोलीसँग जोडेर हेरिएको छ।

संघको प्रचार विभागका पूर्व पदाधिकारी तथा सुरूचि प्रकाशनका अध्यक्ष राजीव तुलीले यसको निन्दा गर्दै भने, यस्ता गतिविधिले संघका स्वयंसेवक वा जानकारहरू प्रभावित हुँदैनन्। तर चुनावी राजनीतिका लागि अनावश्यक रूपमा संघमाथि आक्रमण गर्दा कांग्रेस आफैं कमजोर हुँदै गएको छ। जनताले यस्तो घटिया मानसिकतालाई अस्वीकार गरिरहेका छन्।

वास्तवमा संघको लेटरहेडमा र संघ प्रमुखको जाली हस्ताक्षर प्रयोग गरेर प्रधानमन्त्रीलाई लेखिएको उक्त पत्रको भाषा यति निम्नस्तरको छ कि कुनै पनि सामान्य समझ भएको व्यक्तिले पनि यसलाई तुरुन्तै अस्वीकार गर्छ। पत्रमा संघको असन्तुष्टि देखाउने प्रयास गर्दै प्रधानमन्त्रीलाई असम भाजपा र मुख्यमन्त्रीमाथि लागेका आरोपहरूबारे ध्यान दिन भनिएको छ। साथै चेताउनी वा सुझाउको शैलीमा पत्र लेखिएको देखिन्छ।

राजीव तुलीले यसलाई हास्यास्पद र लज्जास्पद असफल प्रयास बताएका छन्। उनका अनुसार, यो काम कांग्रेसको दुष्प्रचार टोली वा अन्य कुनै राजनीतिक समूहले गरेको भए पनि उनीहरूले संघ र उसका स्वयंसेवकहरूलाई अझै राम्रोसँग बुझेका छैनन्। संघले आफुसँग सम्बन्धित कुनै पनि संगठनलाई पत्रमार्फत वा सार्वजनिक रूपमा निर्देशन दिने परम्परा छैन। संघको कार्यशैली समन्वय बैठकहरू, छलफल र आपसी समझदारीमा आधारित हुन्छ।

उनले भने, संघले कुनै पनि संगठनलाई निर्देशित नगरी, छलफलमार्फत समस्या समाधान गर्ने गर्दछ। यद्यपि विरोधीहरूले यस्ता जाली पत्र सार्वजनिक गरेर आफ्नो डर र सम्भावित चुनावी हारलाई पहिले नै स्वीकार गरिरहेका छन्। उनीहरूसँग मुद्दाको कमी छ वा जनसमर्थन छैन भन्ने प्रश्न उठ्छ।

राजीव तुलीका अनुसार, असममा कांग्रेस अध्यक्षले संघबारे गरेको टिप्पणी देशविरुद्धकै जस्तो हो। उनले यसलाई गृहयुद्धजस्तो उक्साहट बताएका छन्। मुस्लिम मत प्राप्त गर्ने लालचमा संघप्रति डर पैदा गर्ने प्रयास गर्दै संघलाई सर्पसँग तुलना गरिएको र नमाज तोडेर पनि आक्रमण गर्नुपर्ने जस्ता अभिव्यक्ति दिइएको आरोप लगाइएको छ।

उनले थपे, कांग्रेसको राजनीति सधैं हिन्दू-मुस्लिम, हिन्दू-ईसाई वा जातीय विभाजन सिर्जना गरेर सत्ता हासिल गर्ने प्रयासमा आधारित रहेको छ। तर अहिले जनता धेरै शिक्षित, सचेत र बुझ्ने भएका छन्, र यस्तो डरको राजनीतिबाट माथि उठेका छन्।

संघका प्रमुख मोहन भागवतले पनि विभिन्न सार्वजनिक मञ्चहरूमा भारतीय हिन्दू र मुस्लिमको डीएनए एउटै रहेको बताएका छन्। उनका अनुसार, दुवैका पुर्खा एउटै हुन्, केवल पूजा-पद्धति र पहिरन फरक छन्। संघले मुस्लिम समाजसँग पनि निरन्तर संवाद गर्दै राष्ट्रहितमा सहकार्यको आह्वान गर्दै आएको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande