
कोलकाता, 10 मई (हि.स.)। वर्ष 2026-को बङ्गाल विधानसभा चुनाउमा ठूलो हार भएपछि तृणमूल कङ्ग्रेसभित्र अब असन्तोष खुलेर बाहिरिरहेको छ। पार्टीको तल्लो स्तरका नेताहरूले लगातार नेतृत्वविरूद्ध आवाज उठाइरहेका छन्। अहिलेघरि विद्रोही स्वरहरू तीव्र भएका छन्। आइतवार पनि यो सिलसिला जारी रह्यो।
कोलकाता नगरनिगमको 24 नम्बर वार्डकी पार्षद इलोरा साहाले रूष्ट हुँदै बताइन्, 40 वर्षको राजनीतिक परम्परा भए पनि चुनाउमा उनको क्षेत्रलाई कुनै महत्व दिइएन। उनले आरोप लगाइन्, बारम्बार पार्टी नेतृत्वलाई स्थिति बारे अवगत गराइएको भए पनि कुनै फाइदा भएन।
यसरी नै 48 नम्बर वार्डका पार्षद विश्वरूप डेले चुनावी हारको लागि नगरनिगमको कमजोर सेवा तथा खराब आधारभूत ढाँचालाई जिम्मेवार ठहराए।उनको भनाइ छ, निगमको ढाँचा कमजोर भएको कारणले जल निकासी सहित केही आवश्यक सेवाहरू मानिसहरूसम्म सही ़ढङ्गमा पुग्न सकेन जसको प्रभाव सोझै चुनाउ परिणाममा पऱ्यो।
उत्तर कोलकाताका अर्का एकजना पार्षदले पनि पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरे। उनले दाबी गर्दै भने, रातोरात पार्टी फेर्ने केही गुण्डाहरूले उनीमाथि हमला गरे जसले गर्दा उनको कानमा गम्भीर चोट लागेको छ, तर पार्टी नेतृत्वहरू कसैले पनि उनलाई फोन समेत गरेनन्।
अर्कोतिर पार्टीभित्र बढ़्दो असन्तोषबीच अनुशासन समितिले पाँंच जना वरिष्ठ नेता एवं प्रवक्ताहरूलाई कारण बताऊ नोटिस जारी गरेको थियो। 24 घण्टाभित्रमा सन्तोषजनक जवाफ नपाए ऋजु दत्ता समेत तीन जना नेताहरूलाई निलम्बन गर्ने फसेला लिइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा