गोजमुमोको सांगठनिक गतिविधि तीब्र, बेलटार शाखामा 35 घर गोजमुमोमा सामेल
गोजमुमोको सांगठनिक गतिविधि तीब्र


खरसाङ, 16 मई (हि.स.)। गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमा समितिको आयोजनामा विभिन्न स्थानहरुमा पार्टीको सांगठनिक सभाहरु र सांगठनिक गतिविधि तीब्र पारिएको छ। विधानसभा चुनाउपछि गोजमुमोले आफ्नो पार्टी विस्तार साथै सांगठनिक सभाहरु आयोजना गर्दै आइरहेका छ।

यसै क्रममा टुंग सन्तमेरिज समष्टि अन्तर्गत बेलटार शाखामा आज गोर्खा जनमुक्ति मोर्चाको सांगठनिक सभा सम्पन्न भयो। उक्त सभामा 35 घर गोर्खा जनमुक्ति मोर्चामा सामेल भएको दाबी गरिएको छ। कार्यक्रममा समष्टि अध्यक्ष राजेश गजमेर, युवा मोर्चा महाकुमा सचिव अरुण थापा, समष्टि युवा अध्यक्ष पुजन छेत्री, युवा मोर्चा कन्भेनर अखिल राय, केन्द्रिय कमिटी निमा तामाङ आदि उपस्थित थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande