
गुवाहाटी, 10 मई (हि.स.)। भाजपा नेतृत्व एनडीए गठबन्धनको बैठक आज असम राज्य भारतीय जनता पार्टी (भाजपा) मुख्यालय अटल बिहारी वाजपेयी भवनमा हुने तय भएको छ। बैठकले विधान दलको नेताको चयन गर्नेछ। यसपछि सरकार गठनको दाबी प्रस्तुत गरिनेछ।
भाजपाको राष्ट्रिय पर्यवेक्षकको रूपमा केन्द्रिय मन्त्री जेपी नड्डा र उपपर्यवेक्षकको रूपमा हरियाणाका मुख्यमन्त्री नायब सिंह सैनी गुवाहाटी आइपुगेका छन्। भाजपा र यसका सहयोगी दलका विधायकहरू वाजपेयी भवन पुगेका छन्।
उल्लेखनीय छ कि 2026 को विधानसभा चुनाउमा भाजपाले 126 मध्ये 82 सिट जितेको छ। एनडीए, जसमा उसका सहयोगी दल असम गण परिषद (एजीपी) 10 र बोडोल्याण्ड पिपुल्स फ्रन्ट (बीपीएफ) 10 सामेल छन्, उनीहरूले कूल 102 सिट जितेका छन्।
विधायक दलको बैठकलाई लिएर आज भाजपा मुख्यालयमा उत्सवको वातावरण छ। उल्लेखनीय छ कि नयाँ सरकारको शपथ ग्रहण समारोह 12 मईमा गुवाहाटीको खानापाड़ा खेल मैदानमा आयोजना हुनेछ। यसको तयारी अन्तिम चरणमा छ।
हिन्दुस्थान समाचार / भवानी थामी