राजग विधायक दलका नेता चयन भए डा. हिमन्त बिस्व सरमा
सरमा


गुवाहाटी, 10 मई (हि.स.)। असममा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) सरकारको लगातार तेस्रो कार्यकालको शपथग्रहण समारोह यही महिना 12 मितिमा हुने तय भएको छ। आज असम प्रदेश भाजपा मुख्यालय अटल बिहारी वाजपेयी भवनमा निवर्तमान मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमालाई एनडीए विधायक दलको नेताको रूपमा सर्वसम्मत चयन गरिएको छ।

यस अवसरमा केन्द्रिय मन्त्री जेपी नड्डा, भाजपाका राष्ट्रिय पर्यवेक्षक र हरियाणाका मुख्यमन्त्री नायब सिंह सैनी उपस्थित थिए। नड्डाले विधायक दलको बैठकमा विधायकहरूसँग परामर्श गरेपछि डा. हिमन्त बिस्व सरमालाई एनडीए विधायक दलको नेता चयन गरेको घोषणा गरे। डा. हिमन्त बिस्व सरमाको नाम आठ वरिष्ठ विधायकले प्रस्ताव गरे। रञ्जित कुमार दास, विश्वजित दैमारी, अजन्ता नेओग, रामेश्वर तेली, राजदीप राय, अशोक सिंघल, पियुष हजारिका र चक्रधर गोगोईले उनको नामलाई समर्थन गरे। यसपछि जेपी नड्डाले डा. सरमाको नाम घोषणा गरे। विधायक दलको नेताको नाम घोषणा हुने बित्तिकै सम्पूर्ण भाजपा मुख्यालय भारत माता की जय र जय श्री राम को नाराले गुन्जियो।

असम गण परिषद (एजीपी) का एनडीए नेता अतुल बोरा र बोडोल्याण्ड पिपुल्स फ्रन्ट (बीपीएफ) का रिहन दैमारीले पनि प्रस्ताव राखे। मञ्चमा दुई पर्यवेक्षकहरू, प्रदेश भाजपा अध्यक्ष दिलीप सैकिया, प्रदेश भाजपा प्रभारी, राज्य संगठनात्मक महासचिव, अगप अध्यक्ष अतुल बोरा, बीपीएफ नेता रिहन दैमारी र अन्य धेरै वरिष्ठ नेताहरू उपस्थित थिए।

यो उल्लेखनीय छ कि 2026 को विधानसभा चुनाउमा भाजपाले 126 मध्ये 82 सिट जितेको छ। एनडीएले आफ्ना सहयोगी दलहरू, असम गण परिषद् (एजीपी) 10 र बोडोल्याण्ड पिपुल्स फ्रन्ट (बीपीएफ) 10 सहित कूल 102 सिट जित्यो। यो उल्लेखनीय छ कि नयाँ सरकारको शपथ ग्रहण समारोह 12 मईमा गुवाहाटीको खानापाड़ा खेल मैदानमा आयोजना हुनेछ। यसको तयारी अन्तिम चरणमा छ। डा. सरमा केही समयमै भाजपा मुख्यालयबाट लोकभवन जाँदैछन्। उनले राज्यपाललाई भेटेर सरकार गठनको दाबी प्रस्तुत गर्नेछन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande