सङ्गठनको लागि प्रण र प्रशिक्षण अनिवार्य छ: रेखा गुप्ता
सङ्गठनको लागि प्रण र प्रशिक्षण अनिवार्य छ: रेखा गुप्ता


नयाँ दिल्ली, 10 मई (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले पण्डित दीनदयाल उपाध्याय प्रशिक्षण महाअभियान-2026 अन्तर्गत आइतवार नयाँ दिल्ली एवं करोल बाग जिल्लाको प्रशिक्षण वर्गलाई सम्बोधन गरिन्।

रेखा गुप्ताले भनिन्,कुनै पनि सङ्गठनको लागि प्रण तथा प्रशिक्षण दुवै अनिवार्य छ। उनले भनिन्, प्रशिक्षण त्यो प्रक्रिया हो जसले कार्कर्ताहरूभित्र वैचारिक स्पष्टता तथा कार्यकुशलता विकसित गर्दछ। उनले भनिन्, भाजपाका कार्यकर्ता ती धुरी हुन् जसले सङ्गठनको विचार तथा सरकारको जनकल्याणकारी नीतिहरूलाई जन-जनसम्म पुऱ्याउँछन्। जब कार्यकर्ताहरू प्रशिक्षित औ सङ्कल्पित हुन्छन्, तब राष्ट्र निर्माणको सङ्कल्प सिद्ध हुन्छ।

मुख्यमनन्त्री गुप्ताले भनिन्, आज प्रधानमन्त्री मोदीको नेतृत्वमा देशका कुना-कुनासम्म विचारधाराको अभूतपूर्व विस्तार भएको छ। अङ्ग, बङ्ग औ कलिङ्गदेखि लिएर गङ्गोत्रीदेखि गङ्गासागरसम्म सबैतिर सेवा र सुशासनको कमल फुलेको छ। यो भाजपाका लाखौं निष्ठावान कार्यकर्ताहरूको समर्पण तथा अटुट परिश्रमको परिणाम हो।

यस अवसरमा भाजपा सांसद बाँसुरी स्वराज, भाजपा जिल्ला अध्यक्ष वीरेन्द्र बब्बर सहित कार्यकर्ता एवं पदाधिकारीहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande