मुख्यमन्त्री चुनिएकोमा हिमन्तलाई प्रदेश अध्यक्ष सौकियाले दिए शुभकामना
मुख्यमन्त्री चुनिएकोमा हिमन्तलाई प्रदेश अध्यक्ष सौकियाले दिए शुभकामना


गुवाहाटी, 10 मई, (हि.स.)। भारतीय जनता पार्टी (भाजपा), असम प्रदेशका अध्यक्ष एवं सांसद दिलीप सैकियाले मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमालाई दोस्रो पटक भाजपा विधायक दल तता राष्ट्रिय जनतान्त्रिक गठबन्धन (राजग)-का नेता चयन भएकोमा हार्दिक शुभकामना एवं बधाई दिएका छन्।

आइतवार गुवाहाटीस्थित भाजपाको प्रदेश मुख्यालय अटल बिहारी वाजपेयी भवनमा आयोजित बैठकमा भाजपा नेतृत्वाधिन राजग गठबन्धनको समर्थनमा निर्वाचित 102 जना विधायकहरूले सर्वसम्मतिले डा. हिमन्त बिस्व सरमालाई विधायक दलको नेता चुने। बैठकमा असम गण परिषद (अगप), बोडोल्याण्ड पीपुल्स फ्रन्ट (बीपीएफ), राभा-हासोङ्ग संयुक्त मञ्च समेत अन्य सहयोगी दलहरूका प्रतिनिधिहरू उपस्थित थिए।

बैठकमा केन्द्रिय मन्त्री एवं भाजपाका पूर्व राष्ट्रिय अध्यक्ष जेपी नड्डा तथा हरियाणाका मुख्यमन्त्री नायब सिंह सैनी केन्द्रिय पर्यवेक्षकको रूपमा उपस्थित थिए। यस अतिरिक्त भाजपाका वरिष्ठ नेता, प्रदेश प्रभारी हरिश द्विवेदी, सङ्गठन महामन्त्री जीआर रवीन्द्र राजू, अगप अध्यक्ष अतुल बोरा तथा बीटीसीका उपमुख्य कार्यकारी सदस्य रिहन दैमारी सहित अन्य नेताहरू पनि बैठकमा उपस्थित थिए।

प्रदेश भाजपा अध्यक्ष दिलीप सैकियाले आफ्नो बयानमा भने, असमका जनताले एकपटक फेरि डा. हिमन्त बिस्व सरमाको नेतृत्व तथा राजग सरकारमाथि भरोसा गरेका छन्।उनले विश्वास व्यक्त गरे, डा, सरमाको नेतृत्वमा आगामी पाँच वर्षमा राज्यको विकासले नयाँ शिखर चुम्नेछ।

विधायक दलको बैठक समाप्त भएपछि डा. सरमाले राजभवनमा गएर राज्यपाल रक्ष्मण प्रसाद आचार्यसित भेट गरी नयाँ सरकार गठन भएको दाबी पेश गरे।

नयाँ सरकारको शपथ ग्रहण समारोह आगामी 12 मईको बिहान 11 बजे गुवाहाटीको खानापाड़ा पशु चिकित्सा महाविद्यालय खेल मैदानमा आयोजना गरिनेछ। समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी अतिरिक्त केही केन्द्रिय मन्त्री तथा भाजपा एवं एनडीएशासित 22 वटा राज्यहरूका मुख्यमन्त्री औ उपमुख्यमन्त्रीहरू सामेल हुनेछन्।

प्रदेश भाजपा अध्यक्षले 102 वटा सीटमा प्रचण्ड जनादेश दिएकोमा असमका जनताप्रति आाभार व्यक्त गरे। साथै प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपाका राष्ट्रिय अध्यक्ष नितिन, केन्द्रिय गृह मन्त्री अमित शाह एवं केन्द्रिय मन्त्री सर्बानन्द सोनोवाल समेत पार्टीका राष्ट्रिय नेतृत्वप्रति पनि धन्यवाद ज्ञापन गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande