
कोलकाता, 10 मई (हि.स.)। नयाँ सरकारको गठनसँगसँगै मुख्यमन्त्री शुभेन्दु अधिकारीले प्रशासनिक स्तरमा व्यापक फेरबदल गर्न शुरू गरेका छन्। सत्ता सम्हाल्नसाथ उनले पुलिस महकुमामा व्यापक फेरबदल गर्ने फसेला लिएका छन्।
सूत्र अनुसार ममता ब्यानर्जीकी निकटतम मानिने 93 जना पुलिस अधिकारीहरूलाई पहिलो चरणमा स्थानान्तरण गरिएको छ जसमा डीसी स्तरका अधिकारी, थाना प्रभारी, सब-इन्स्पेक्टर औ अन्य केही पुलिसकर्मीहरू सामेल छन्।
सूत्र अनुसार स्थानान्तरण गरिएका अदिकारीहरूमा अधिकांश पहिला सत्ताधारी पार्टीका वेलफेयर एसोसिएशनसित जोड़िएका थिए। नयाँ सरकारले यी अधिकारीहरूलाई राज्यका विभिन्न सुदूरवर्ती जिल्लाहरूमा पठाउने निर्णय लिएको छ।
स्थानान्तरण सूची अनुसार केही अधिकारीहरूलाई कुचबिहार, कालेबुङ, जलपाईगुड़ी, दार्जीलिङ औ अलिपुरद्वारमा पठाइँदैछ भने केही अधिकारीहरूको स्थानान्तरण सुन्दर वन क्षेत्र तथा पश्चिमी क्षेत्र पुरूलिया जस्तो जिल्लाहरूमा गरिएको छ।
सूत्रको भनाइ छ, मुख्यमन्त्री शुभेन्दु अधिकारी चाहँदैनन् कि ममता ब्यानर्जीको निकटवर्ती मानिने अधिकारीहरू कोलकाता तथा यस वरपरका महत्वपूर्ण पदहरूमा कायम रहुन्। यसबीच मुख्यमन्त्रीले सोमवार नवान्नमा निरन्तर केही महत्वपूर्ण बैठकहरू गर्ने तयारी गर्नेछन्।
सोमवार अपरान्ह साढ़े 12 बजे सचिवहरूसित उनको पहिलो बैठक हुने। त्यसपछि डेढ़ बजे विधायकहरूसित बैठक प्रस्तावित छ। साँझ चार बजे सबै जिल्लाधिकारीहरूसित प्रशासनिक समीक्षा बैठक हुनेछ भने साँझ पाँच बजे डीजीपी र वरिष्ठ पुलिस अधिकारीहरूसित कानून व्यवस्थालाई लिएर चर्चा गर्नेछन्।
प्रशासनिक औ राजनीतिक गल्लीहरूको नजर यसमाथि केन्द्रित भएको छ कि मुख्यमन्त्री शुभेन्दु अधिकारीले शुरूआती बैठकहरूमा कुन किसिमको कड़ासन्देश वा निर्देश दिन्छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा