
नगाउँ (असम), 10 मई, (हि.स.)। नगाउँमा पुलिसद्वारा परिचालित एक विशेष अभियानको क्रममा हमिद अली र उसको छोरा अजहार उद्दीन अलीको कबाड़खाना अनि आवासबाट करोड़ौं रुपियाँको कथित चोरीको सामान जफत गरिएको घटनापछि क्षेत्रमा व्यापक खैलाबैला मचिएको छ। गुप्त सूचनाको आधारा शनिवार अबेर साँझ गरिएको कारबाहीमा प्रचुर मात्राा मूल्यवान वस्तुहरू जफत गरियो।
पुलिस सूत्रले आज बतायो, मामिलामा संलिप्त रहेको आरोपमा पुलिसले पिता-पुत्र दुवैलाई पक्राउ गऱ्यो। पक्राउपछि परिवारका सदस्यहरू पुलिससित बहस गर्न लागे जसले गर्दा क्षेत्रको माहोल तनाउपूर्ण भयो। तथापि पछि पुलिसले स्थितिलाई नियन्त्रण गऱ्यो।
जफत गरिएका वस्तुहरूको श्रोत के हो र यस चोरीको नेटवर्कमा अन्य को-को सामेल छन् वा छैनन्, पत्तो लगाउन पुलिसले जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा