असम पुगेका भाजपाका दुई केन्द्रिय पर्यवेक्षकलाई भव्य स्वागत
असम पुगेका भाजपाका दुई केन्द्रिय पर्यवेक्षकलाई भव्य स्वागत


गुवाहाटी, 10 मई, (हि.स.)। भाजपा विधायक दलका नेता चयन हुनअघि असम पुगेका पार्टीका दुई केन्द्रिय पर्यवेक्षकहरूलाई निवर्तमान मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा सहित प्रदेश भाजपाका शीर्ष नेताहरूले भव्य स्वागत गरे।

भाजपाका पूर्व राष्ट्रिय अध्यक्ष जेपी नड्डा र हरियाणाका मुख्यमन्त्री नायाब सिंह सैनी भाजपा विधायक दलको नेताको चुनाउ प्रक्रियाको लागि गए राति गुवाहाटी स्थित वाजपेयी भवनमा पुगे। भाजपा विधायक दलको बैठक आइतवार बिहान 10 बजे आयोजना भयो। यस बैछकमा भाजपा विधायक विधायक दलका नेता तथा मुख्यमन्त्री पदको उम्मेद्वार चयन गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande