हिमन्त बिस्व सरमाद्वारा प्रधानमन्त्री मोदी र राजग विधायकहरूप्रति आभार व्यक्त
हिमन्त बिस्व सरमाद्वारा प्रधानमन्त्री मोदी र राजग विधायकहरूप्रति आभार व्यक्त


गुवाहाटी, 10 मई, (हि.स.)। असमका मुख्यमन्त्री घोषित डा. हिमन्त बिस्व सरमाले आइतवार भाजपा नेतृत्व तथा राष्ट्रिय जनतान्त्रिक गठबन्धन (राजग)- का विधायकहरूप्रति आभार व्यक्त गर्दै भने, उनलाई दोस्रो पटक जनताको सेवा गर्ने अवसर प्राप्त भएको छ जसको लागि उनी प्रधानमन्त्री नरेन्द्र मोदीप्रति हृदयबाटै कृतज्ञ्न छन्।

राजग विधायक दलको नेता चुनिएपछि जारी बयानमा डा. सरमाले भाजपाका राष्ट्रिय नेतृत्व, विशेष रूपमा गृह मन्त्री अमित शाह एवं राष्ट्रिय अध्यक्ष नितिन नवीनको मार्गदर्शन र सहयोगको लागि धन्यवाद ज्ञापन गरे। उनले भाजपा, असम गण परिषद (अगप) तथा बोडोल्याण्ड पीपुल्स फ्रन्ट (बीपीएफ)- का नवनिर्वाचित विधायकहरूप्रति पनि आभार व्यक्त गरे जसले उनलाई राजग विधायक दलको नेता चुनेर विकसित औ सुरक्षित असमको जनादेशलाई पूरा गर्ने जिम्मेदारी सुम्पियो।

उनले भने, वर्ष 2016- मा शुरू भएको विकास, सुशासन औ शान्तिको यात्रालाई अगाड़ि बढ़ाउनको लागि टीम एनडीए पूर्ण प्रतिबद्ध भएर काम गरिरहनेछ। डा. सरमाले भने, “आई असोमी” -को सेवाको लागि सप्ताहको हरेक घण्टा समर्पित रहनेछन् अनि असमको पूर्ण क्षमतालाई साकार बनाउनको लागि निरन्तर प्रयास जारी रहनेछ।

उनले विश्वास व्यक्त गरे, माँ कामाख्याको आशीर्वाद र जनताको प्रेम तथा प्रधानमन्त्री मोदीको नेतृत्वमा शान्तिपूर्ण,सुरक्षित एवं विकसित असम निर्माणको यात्रालाई अधिक सशक्त रूपमा अगाड़ि बढाउनेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande