हिमन्त बिस्व सरमा नेता चयन हुनु असमको लागि सौभाग्यको कुरा हो: अतुल बोरा
हिमन्त बिस्व सरमा नेता चयन हुनु असमको लागि सौभाग्यको कुरा हो: अतुल बोरा


गुवाहाटी, 10 मई, (हि.स.)। असम गण परिषद (अगप)- का अध्यक्ष अतुल बोराले आइतवार भने, डा. हिमन्त बिस्व सरमा भाजपा विधायक दल तथा राष्ट्रिय जनतान्त्रिक गठबन्धन (राजग) विधायक दलका नेता चुनिनु असमको लागि “सौभाग्यको कुरा” हो।

गुवाहाटीमा नवनिर्वाचित राजग विधायकहरूको बैठकपछि पत्रकारहरूसित बातचित गर्दै बोराले भने, राज्यको लागि यो गर्व र सौभाग्यको कुरा हो कि डा. सरमा जस्ता अनुभवी नेतालाई दुवै विधायक दलको नेतृत्व सुम्पिइएको छ। उनले विश्वास व्यक्तगरे, डा.सरमाको नेतृत्वमा राजग सरकारले विकास कार्यलाई अगाड़ी बढ़ाउनेछ।

यसबीच भाजपा विधायक शिलादित्य देवले पनि डा. सरमाको नेतृत्वलाई समर्थनगर्दै भने, उनलाई पार्टीका सबै नेताहरूलाई पूर्ण समर्थन प्राप्त छ। उनले भने, डा. सरमालाई आफ्नो वाचा पूरा गर्ने नेताहरूको रूपमा चिनिन्छ।

आइतवार गुवाहाटीमा आयोजित नवनिर्वाचित राजग विधायकहरूको बैठकमा डा. सरमालाई औपचारिक रूपमा भाजपा विधायक दल औ राजग विधायक दलको नेता चुनियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande