गुवाहाटीको बशिष्ठमा भयङ्कर सड़क दुर्घटना, दुईले गुमाए ज्यान
गुवाहाटीको बशिष्ठमा भयङ्कर सड़क दुर्घटना, दुईले गुमाए ज्यान


गुवाहाटी, 10 मई, (हि.स.)। गुवाहाटीको बशिष्ठ क्षेत्रमा भएको एक भयानक सड़क दुर्घटनामा दुई जना युवकको घटनास्थलमै मृत्यु भयो। पुलिसले आज बताए अनुसार दुर्घटना त्यसबेला भएको थियो जतिबेला एउटा वाहन खानपाड़ादेखि जालुकबाड़ी तर्फ गइरहेको थियो। पूर्ण रूपले क्षतिग्रस्त वाहनलाई हेरेर नै दुर्घटना कतिसम्म भयानक थियो भन्ने कुरा थाहा पाउन सकिन्छ।

स्थानीय मानिसहरूको सूचनामा पुलिस अनि यातायात विभागको टीम घटनास्थलमा पुगेर शवहरूलाई कब्जामा लियो।

मृत दुवै युवकको पहिचान अहिलेसम्म हुन सकेको छैन। बशिष्ठ यातायात पुलिसले घटनाको जाँच शुरू गरेको छ तथा दुर्घटनाको कारण पत्तो लगाउने प्रयास गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande