
खड़गपुर, 10 मई (हि. स.)। रेलवे सुरक्षा बल (आरपीएफ)-ले गुड़िरहेको ट्रेनमा ढुङ्गा हान्ने घटनामा सामेल एक जना युवकलाई पक्राउ गरेको छ। घटना गत 13 अप्रेलको दिन बालेश्वर-हल्दीपाड़ा रेलखण्डबीच हमसफर एक्सप्रेसमा भएको थियो। आरोपी युवकको पहिचान ओडिशाको जाजपुर जिल्ला निवासी विभूति सामल (23)- को रूपमा भएको छ ।
आइतवार अपरान्ह रेलवेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ, पूर्ण आरपीएफ पोस्ट बालेश्वरमा यस मामिलामा गत 14 अप्रेलको दिन रेलवे अधिनियम 1989 को धारा 153 तथा 147 अन्तर्गत मुद्दा दर्ता गरिएको थियो। गुप्त सूचनाको आधारमा गए 9 मईको दिन आरपीएपको टीमले नुनियाझुरी पुल निकट घेराबन्दी गरेर आरोपीलाई समात्यो। जाँचबुझमा उसले बतायो, उसले ट्र्नको ढोका वा फुटबोर्डको छेउमा उभिएका यात्रीहरूलाई लक्षित गरेर ढुङ्गा हान्ने गर्दथ्यो ताकि उनीहरूको हातबाट मोबाइल झरोस् जसलाई उसले उठाउन सकोस्।
आरोपीले यो पनि स्वीकार गऱ्यो, गत 13 अप्रेलको राति लगभग साढ़े नौ बजी उ रक्सी खाने पैसा जुटाउनको लागि नुनियाझुरी पुलको छेउमा गएको थियो। तर ट्रेनको ढोका बन्द भएको र यात्रीहरू नभएको कारण उसले आक्रोशित भएर गुड़िरहेको ट्रेनमै ढुङ्गा हानेर त्यहाँबाट भाग्यो।
पुलिसले कानूनी प्रक्रिया पूरा गरेर आरोपीलाई बालेश्वर अदालतमा पेश गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा