
नगाउँ, 10 मई (हि.स.)। नागाँव जिल्लाको मरीकलाङ क्षेत्रमा भएको डकैतीमा गम्भीर रूपमा घाइते भएकी महिलाको अस्पतालमा मृत्यु भएको छ।
पुलिसले जानकारी गराएको छ, 23 अप्रेलमा डाँकाहरूको समूहले मरीकलाङ स्थित नगाउँका डाक्टर रञ्जित सैकियाको घरमा लुटपाट गरेको थियो। आक्रमणमा डा. रञ्जित सैकिया र उनकी पत्नी रूपरेखा सैकिया घाइते भएका थिए।
रूपरेखालाई गम्भीर अवस्थामा गुवाहाटीको एक निजी अस्पतालमा भर्ती गरिएको थियो, जहाँ उपचारको क्रममा हिजो राति उनको मृत्यु भयो। पुलिसले शवलाई आफ्नो कब्जामा लिएर पोस्टमार्टमको लागि गुवाहाटी मेडिकल कलेज र अस्पताल पठाएको छ।
पुलिसले दर्ता गरिएको एफआईआरको आधारमा अनुसन्धान जारी राखेको छ। केही अभियुक्तहरूलाई पक्राउ गरिएको छ जबकि अन्य डाँकाहरूको खोजी जारी छ।
हिन्दुस्थान समाचार / भवानी थामी