
झाड़ग्राम, 10 मई (हि. स.)। पश्चिम बङ्गालको झाड़ग्राम शहरस्थित लोकल बोट क्षेत्रमा बितेको शनिवार राति भयानक आगलागीको घटना घट्यो। यस अग्निकाण्डमा सात वटा पसलहरू जलेर खरानीमा परिणत भएको छ। यस घटनाको कारणले क्षेत्रमा कोकोहोलो मचियो। सूचना पाएर दमकलका वाहनहरू तथा पुलिस घटनास्थलमा पुगे।
स्थानीय सूत्र अनुसार शनिवार अबेर राति एउटा पसलमा अचानक आगो लाग्यो। हेर्दा-हेर्दै आगो नजिकैका अन्य पसलहरूमा पनि फैलियो। क्षणभरमै सम्पूर्ण क्षेत्रलाई कालो धुँवाले ढाक्यो। वरपरका मानिसहरूले आगो देखेर दमकल विभागलाई सूचनादिे। सूचना पाएर दमकल कर्मीहरू घटनास्थलमा पुगे। दमकलकर्मीहरू लामो समयसम्म सङ्घर्ष गरेर आगोलाई निभाउन सफल भए। तर त्यसबेलासम्ममा सात वटा पसलहरू जलेर खरानी भइसकेको थियो।
प्रारम्भिक अनुमानमा यस घटनामा लाखौं रुपियाँ नोक्सान भएको हुनसक्छ। तथापि यस घटनामा कुनै पनि प्रकारको मानवीय क्षति भएको समाचार छैन। यो समाचार लेखुञ्जेलसम्म आगलागीको सही कारण स्पष्ट हुन सकेको थिएन। तथापि प्रारम्भिक रूपमा शर्ट सर्किटलाई नै आगलागीको सम्भावित कारण मानिँदैछ। पुलिस र दमकल विभाग मामिलाको जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा