
कोलकाता, 10 मई (हि.स.)। राज्यको नयाँ सरकार गठन भएपछि सोमवार नवान्न सभा कक्षमा मन्त्रीमण्डलको पहिलो बैठक आयोजना हुन गइरहेको छ। यस महत्वपूर्ण बैठकलाई लिएर प्रशासन तथा पुलिस विभाग पूर्ण रूपले सतर्क देखिँदैछ। तयारीहरूलाई मध्यनजर गर्दै आइतवार राज्य पुलिस महानिदेशक मनोज कुमार वर्मा तथा प्रवीण त्रिपाठी समेत केही वरिष्ठ पुलिस अधिकारीहरूले नवान्नको दौड़ाह गरी सुरक्षा व्यवस्थाको निरीक्षण गरे।
अधिकारीहरूले नवान्न परिसरभित्र र बाहिर सुरक्षाका विभिन्न पाटोहरूको विस्तारपूर्वक समीक्षा गरे। मुख्य प्रवेश द्वार, भीआईपी मूभमेन्ट, पार्किङ्ग क्षेत्र, निगरानी व्यवस्था औ आपातकालीन सुरक्षा प्रबन्धलाई लिएर अधिकारीहरूले सम्बन्धित पुलिसकर्मी अनि प्रशासनिक अधिकारीहरूसित चर्चा गरे।
सूत्र अनुसार मन्त्रीमण्डलको पहिलो बैठकलाई ध्यानमा राखेर नवान्न र यस वरिपरी सुरक्षाको कड़ा बन्दोबस्त गरिएको छ। अतिरिक्त पुलिस बललाई तैनाथ गरिनको साथै सीसीटीभी निगरानीलाई पनि अझ मजबुत बनाइएको छ। ओहोर-दोहोर गर्ने वाहन अनि मानिसहरूको जाँच प्रक्रियालाई पनि कड़ा बनाइएको छ।
भनिन्छ, नयाँ सरकारको यो पहिलो अहम बैठक भएको कारणले प्रशासन कुनै पनि प्रकारको सुरक्षा चूक भएको हेर्न चाहँदैन, त्यसैले राज्य पुलिस, कोलकाता पुलिसले संयुक्त रूपमा सुरक्षा व्यवस्थाको निगरानी गरिरहेको छ।
नवान्नमा सोमवार हुने बैठकमा नयाँ सरकारको प्राथमिकता, विभागहरूको कामकाज तथा प्रशासनिक दिशालाई लिएर महत्वपूर्ण निर्णय लिइने सम्भावना व्यक्त गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा