चोरीको घटनामा संलिप्त दुई कुख्यात अपराधी पक्राउ
चोरीको घटनामा संलिप्त दुई कुख्यात अपराधी पक्राउ


गुवाहाटी, 10 मई, (हि.स.)। असम पुलिस अधिनस्थ बशिष्ठ थाना पुलिसले पछिल्लो लामो समयदेखिकै विभिन्न क्षेत्रहरूमा चोरीका घटनाहरूलाई परिणाम दिएर आतङ्क फैलाउँदै आएका दुई जना कुख्यात अपराधीहरूलाई पक्राउ गरेको छ।

बशिष्ठ पुलिसले आज बताएको छ, पक्रा पर्ने आरोपीहरूको पहिचान राकेश ग्वाला र सुमित कुमारको रूपमा भएको छ। बशिष्ठ पुलिस पछि परेर दुवै कुख्यात अपराधीहरूलाई पक्राउ गर्न सफल भएको छ।

पुलिस सूत्र अनुसार दुवै आरोपी लामो समयदेखिकै असमका विभिन्न स्थानहरूमा महिलाहरूको चेन थुत्ने तथा ब्याङ्कबाट पैसा निकालेर फर्किरहेका मानिसहरूबाट नगद लुट्ने जस्ता घटनाहरूमा सामेल थिए। मामिलाको जाँच भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande