
सिलगढ़ी, 10 मई (हि. स.)। सिलगढ़ीमा गए शनिवार अबेर राती संदिग्ध वस्तु भेटिएपछि बम भेटे जस्तै सन्त्राष फैलियो। घटना सिलगढ़ीको प्रधानपाड़ा पाइप लाइन क्षेत्रको हो जहाँ स्थानीय मानिसहरूले सबैभन्दा पहिला त्यस संदिग्ध वस्तुलाई देखे। हेर्दा-हेर्दै सम्पूर्ण क्षेत्रमा कोकोहोलो मचियो।
सूचना पाएर भक्तिनगर थानाको पुलिस घटनास्थलमा पुग्यो अनि सुरक्षालाई मध्यनजर गर्दै सम्पूर्ण क्षेत्रलाई घेराबन्दी गऱ्यो। घटनास्थलको वरिपरी ठूलो सङ्ख्यामा केन्द्रिय सुरक्षा बलहरूलाई तैनाथ गरियो। पछि सेनाको बम निरोधक टीमले घटनास्थलमा पुगेर संदिग्ध वस्तुलाई आफ्नो कब्जामा लियो।
प्रारम्भिक जाँचमा थाहा लागेको छ, त्यो एउटा आर्टिलरी शेल थियो। सेनाले आशङ्का व्यक्त गरेको छ, पछिल्लो वर्ष सिक्किममा आएको भलबाढ़ीले यो विस्फोटकलाई बगाएर ल्याएको थियो र पछि कसैको हातमा परेको थियो होला।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा