
कोलकाता, 10 मई (हि. स.)। पश्चिम बङ्गालको राजनीतिमा सत्ता परिवर्तन भएपछि अब तृणमूल कङ्ग्रेसले विधानसभाभित्र आफ्नो नयाँ रणनीतिलाई अन्तिम रूप दिन शुरू गरिएको छ। पार्टीले विधानसभामा विभिन्न महत्वपूर्ण पदहरूमा वरिष्ठ नेताहरूलाई दायित्व सुम्पिँदै सङ्गठनात्मक फेरबदल गरेको छ। यस फसेलालाई आगामी राजनीतिक सङ्घर्ष तथा सरकारलाई घेर्ने तयारीको रूपमा हेरिँदैछ।
तृणमूल कङ्ग्रेसले शोभनदेव च्याटर्जीलाई विधानसभामा विपक्षको नेता चयन गरेको छ। बालीगञ्ज विधानसभा सीटबाट विधायक शोभनदेवलाई लामो समयदेखिकै पार्टीको वरिष्ठ तथा भरोसायोग्य नेताहरूमा गनिन्छ। प्रशासनिक तथा संसदीय अनुभवलाई मध्यनजर गर्दै पार्टी नेतृत्वले उनलाई यो महत्वपूर्ण जिम्मेवारी सुम्पेको छ।
भनिन्छ, विधानसभामा सरकार विरूद्ध विपक्षको आवाजलाई धार दिनमा उनको भूमिका महत्वपूर्ण हुनेछ। यसको साथै हाल हाकिमलाई विदानसभाको चीफ व्हिप बनाइएको छ। फिरहाद हाकिमलाई सङ्गठन र सदन सञ्चालन दुवैमा अनुभवी मानिन्छ। पार्टी विधायकहरूबीच समन्वय बनाउन, सदनमा रणनीति तय गर्न तथा महत्वपूर्ण मुद्दाहरूमा पार्टीको ऐक्यबद्धतालाई सुनिश्चित गर्नु उनको प्रमुख जिम्मेवारी हुनेछ।
राजनीतिक जानकारहरूको मान्यता छ, विधानसभाभित्र आक्रमक विपक्षको भूमिका निभाउनमा फिरहाद हाकिमको रमनीतिक क्षमता तृणमूलको लागि अहम साबित हुनसक्छ।
यता असीम पात्रा र नारायण ब्यानर्जीलाई डिप्टी लीडरको जिम्मेवारी दिइएको छ। पार्टीले महिला नेतृत्वलाई पनि प्रमुख स्थान दिएर स्पष्ट सङ्केत दिएको छ, आगामी दिनमा सङ्गठन तथा विधानसभा दुवै स्तरमा सन्तुलित नेतृत्व तयार गर्नेछ। दुवै नेताहरूलाई सदनमा विपक्षको रणनीतिलाई मजबुत बनाउन र विभिन्न मुद्दाहरूमा पार्टीको आवाजलाई चर्काउने जिम्मेवारी सु्म्पिइएको छ।
राजनीतिक सूत्र अनुसार तृणमूल कङ्ग्रेसले अब विपक्षको भूमिकामा अधिक सङ्गठित तथा आक्रामक ढङ्गमा काम गर्ने तयारी गरिरहेको छ।
पार्टी नेतृत्वको मान्यता छ, अनुभवी नेताहरूलाई अगाड़ि राखेर विधानसभाभित्र सरकारमाथि दबाव दिनसक्छ। आगामी विधानसभा सत्रमा कानून व्यवस्था, प्रशासनिक फसेला, विकास योजना तथा जनहितका मुद्दाहरूमा तृणमूल सरकारलाई घेर्ने रणनीति अप्नाउनसक्छ।
सत्ता परिवर्तनपछि यसलाई पहिलो विराट सङ्गठनात्मक कदम मानिँदैछ जसले स्पष्ट पारेको छ, तृणमूल कङ्ग्रेस विपक्षमा रहेर पनि आफ्नो राजनीतिक पकड़लाई मजबुत बनाइराख्ने प्रयासमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा