
कछार (असम), 10 मई, (हि.स.)। कछार पुलिसद्वारा भिन्न-भिन्न क्षेत्रमा स़ञ्चालित मादक पदार्थ विरोधी अभियानको क्रममा प्रचुर मात्रामा संदिग्ध हेरोइन जफत गरिएको छ भने यस सम्बन्धमा दुई जना तस्करहरूलाई पक्राउ गरिएको छ। कछारका पुलिस अधीक्षकले आइतवार बताए, जफत गरिएको मादक पदार्थको अन्तरराष्ट्रिय बजारमा अनुमाति मूल्य लगभग 2.82 करोड़ रुपियाँ रहेको बताइएको छ।
पहिलो अभियान सोनाई थाना अन्तर्गत गस्तोला तिनिआलीको छेउमा सञ्चालन गरियो जहाँ एनडीपीएस प्रतिबन्धित पदार्थ लगिरहेको सूचना पुलिसलाई प्राप्त भएको थियो। अभियान अवधि रियाज उद्दीन लस्कर नामक व्यक्तिलाई पक्राउ गरियो। जाँच गर्दा उबाट सात वटा साबुनदानीमा लुकाएर राखिएको संदिग्ध हेरोइन जफत गरियो जसको वजन 123.51 ग्राम रहेको छ। यस अतिरिक्त आरोपीको कब्जाबाट 40 हजार रुपियाँ नगद पनि जफत गरियो।
यसरी नै लैलापुर पुलिस चौकी सामु नाका जाँचको क्रममा एएस-11जेड-7991 नम्बरधारी एउटा स्कुटीलाई रोकेर जाँच गरियो। स्कुटीको डिक्कीमा 33 वटा बहुरङ्गी साबुनदानीमा लुकाएर राखिएको संदिग्ध हेरोइन भेटियो जसलाई जियाबुर रहमान लस्करको कब्जाबाट जफत गरियो। जफत गरिएको हेरोइनको वजन 441.09 ग्राम रहेको बताइएको छ। पुलिसले दुवै आरोपीलाई पक्राउ गरी एडीपीएस अन्तर्गत अग्रिम कानूनी कारबाही शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा