भाजपाको जीतमा भव्य विजय जुलूस
भाजपाको जीतमा भव्य विजय जुलूस


जलपाईगुड़ी, 10 मई (हि. स.)। जिल्लाको राजगञ्ज ब्लकमा यस वर्ष 2026-को विधानसभा चुनाउमा भारतीय जनता पार्टी (भाजपा)- को जीत भएपछि विराट विजय जुलूस निकालियो। राजगञ्ज विधानसभा अन्तर्गत आमबाड़ी ग्राम पञ्चायत क्षेत्रमा गए शनिवार भाजपा कार्यकर्ता अनि समर्थकहरूले विभिन्न स्थानमा ऱ्याली निकालेर उत्साह मनाए।

सूत्र अनुसार गोकुलभिटा, बिजनेस कलोनी, कामारभिटा, महामाया कलोनी, सुदामगञ्ज, साहेबपाड़ा र नौ नमम्बर कलोनी सहित केही क्षेत्रहरूमा यो विजय जुलूस देखियो। पार्टीको झण्डा, अबीर-रङ्ग तथा नाराहरूले सम्पूर्ण क्षेत्र गुञ्जयमान भएको थियो।

भाजपा समर्थकहरूको भनाइ छ, राज्यका जनताले परिवर्तनको पक्षमा जनादेश दिएका छन्। यस खुशीमा आम मानिसहरूसित मिलेर यो विजय उत्सव मनाइएको हो। जुलूसमा ठूलो सङ्ख्यामा युवा, महिला एवं स्थानीय मानिसहरू सामेल थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande