
कोलकाता, 10 मई (हि .स.)। पश्चिम बङ्गाललाई नयाँ शिराबाट बनाउन आवश्यक छ। मन्त्री पदको शपथ ग्रहण गरेको दोस्रो दिन दिलीप घोषले आइतवार बिहान ठूलो बयान दिए।
कोलकातामा पत्रकारहरूसित बातचित गर्दै दिलीप घोषले भने, उनको प्राथमिकता राज्यको पुनर्निर्माण हो, किनभने कतिपय व्यवस्थाहरू कमजोर भइसकेका छन्। उनले कानून-व्यवस्थालाई खराब बताउँदै भने, मानिसहरू पछिल्लो लामो समयदेखिकै सन्त्राषपूर्ण माहोलमा बाँचिरहेका छन्।
उनले शिक्षा र स्वास्थ्य व्यवस्थामाथि पनि चिन्ता व्यक्त गर्दै भने, यी क्षेत्रहरूको अवस्था खस्किँदो छ। उद्योग र रोजगारको अवसर पनि लगभग छैन जस्तै छ।
उनले अझ बताए, आइतवार छुट्टीको दिन हो, त्यसैले सोमवार एक महत्वपूर्ण बैठक आयोजना भइरहेको छ जसमा भावी रणनीति तथा जिम्मेवारीहरूलाई लिएर निर्णय लिन सकिन्छ।
उनले बल दिँदै भने, राज्यमा कानून-व्यवस्थाको स्थिति सुधार्ने सहित सबै क्षेत्रहरूमा काम गर्नुपर्छ। यद्यपि यसमा समय लाग्नेछ, तर सरकारले तुुरून्तै काम शुरू गर्नेछ जसले गर्दा मानिसहरूले परिवर्तन देख्न थाल्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा