
नगाउँ (असम), 10 मई, (हि.स.)। नगाउँको मरिकलङ्ग क्षेत्रमा डाँकाहरूको हमलामा परी गम्भीर रूपमा घाइते भएकी रूपरेखा भुइयाँको निधन भयो। राजधानी गुवाहाटीको एक निजी अस्पतालमा उपचाराधिन रहेकी रूपरेखाले आइतवार अन्तिम सास लिए।
उल्लेखनीय छ, गत 24 अप्रेलको राति पाँच सदस्यीय डाँकाहरूको गिरोहले चिकित्सक डा. रञ्जीत सैकियाको आवासमा धावा बोलेर लुटपाट गरेको थियो। यस अवधि डाँकाहरूले फलामको रडले हमला गरी चिकित्सक दम्पत्तिलाई गम्भीर रूपमा घाइते बनाइदिएका थिए।
हमलामा गम्भीर रूपमा घाइते रूपरेखा गत 24 अप्रेलदेखिकै कोमामा थिइन्। घटनापछि तिनको गुवाहाटीमा उपचार भइरहेको थियो जहाँ अन्ततः उनको मृत्यु भयो। पुलिस मामिलाको जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा