अग्निमित्रा पाल मन्त्री बनेकोमा परिवार प्रसन्न
अग्निमित्रा पाल मन्त्री बनेकोमा परिवार प्रसन्न


कोलकाता, 10 मई (हि. स.)। पश्चिम बङ्गालमा नयाँ सरकार गठन भएपछि अग्निमित्रा पालमन्त्री बनेपछि उनको परिवारमा खुशी छाएको छ। परिवारका सदस्यहरूले उनलाई मायाले ‘पुपाई’ भनेर बोलाउँछन्।

अग्निमित्राको परिवार मूल रूपमा राजनीतिदेखि टाड़ा छन्। उनको जन्म आसनसोलमा भएको थियो। उनको पुर्ख्यौली घर दुर्गापुरको गोपालगाठ क्षेत्रमा अवस्थित छ। यहीँ नै उनका काका मनोरणजन राय र काकी स्वप्ना राय बस्छन्।

अग्निमित्राका पिता अशोक राय इस्को कारखानाका अस्पतालमा डाक्टर रहिसकेका छन् भने उनकी आमा अपर्णा राय गृहिणी हुन्। दुई दिदी बहिनीमा अग्निमित्रा जेठी हुन् भने उनकी बहिनी लण्डनमा बस्छन्। पढ़ाई उनले आसनसोलको लोरेटो कन्भेन्ट स्कूलबाट गरेपछि जादवपुर विश्वविद्यालयबाट स्नातकोत्तर गरिन्। त्यसपछि उनले फ्याशन डिजाइनिङिगको पढ़ाई गरिन्।

राजनीतिम प्रवेश गर्नअघि अग्निमित्रा फ्याशन डिजाइनरको रूपमै चर्चित थिइन्।उनले केही फिल्म तथा कलाकारहरूको पोशाक डिजाइन गरिसकेकी छन्। वर्ष 2019-मा उनले राजनीतिमा कदम राख्नसाथै भारतीय जनता पार्टीमा सामेल भइन्।

वर्ष 2021-मा उनलाई पार्टीले आसनसोल दक्षिणबाट उम्मेद्वार बनायो जहाँबाट उनले तृणमूल कङ्ग्रेसकी उम्मेद्वार सायनी घोषलाई परास्त गरिन्। त्यसपछि पार्टी नेतृत्वकोक नजरमा उनको महत्व बढ़्यो। हालको चुनाउमा पनि उनले तृणमूल उम्मेद्वार तापस ब्यानर्जीलाई हराएर आफ्नो सीटलाई कायम राखिन्।

परिवारका मानिसहरूले बताए, मन्त्री बनेको खबरले घरमा खुशी छाएको छ। उनकी काकी स्वप्ना राय जसलाई अग्निमित्रा र उनकी बहिनीले ‘दोस्रो आमा’ भनेर सम्बोधन गर्छन्,- ले भनिन्, परिवारको लागि यो ठूलो गर्वको कुरा हो।

परिवार अनुसार मन्त्री बनेपछि अग्निमित्रा चाँड़ै दुर्गापुर आउनेछन् अनि घरको दुर्गा मन्दिरमा पूजा गर्नेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande