
खरसाङ, 10 मई (हि.स.)। गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमा समितिको तर्फबाट शिमलबारीमा एक सांगठनिक आयोजना गरेर शिमलबारी शाखा समिति गठन गरिएको छ। उक्त सभा प्रकाश सेवाको अध्यक्षतामा सम्पन्न भयो।
सभामा गोजमुमो शिमलबारी शाखा समिति गठन गरिएको छ। उक्त शाखा समितिमा सभापति सरोज मंगर, उप सभापति किरण प्रधान, सचिव मनिष शर्मा, सह सचिव रुपेन दर्जी, मुख्य सल्लाहकार बमवीर राई लगायत 9 जना कार्यकारी सदस्यहरु चयन गरिएको गोजमुमो खरसाङ महकुमा समितिका सभापति एवं पूर्व सभासद योगेन्द्र राईले जानकारी गराएका छन्।
हिन्दुस्थान समाचार / हनोक