
गुवाहाटी, 11 मई, (हि.स.)। सोमवार बिहान भएको वर्षापछि गुवाहाटीको बाहिरी क्षेत्र जोराबाटमा कृत्रिम जलभराउको स्थिति उत्पन्न भयो। जल निकासीको समुचित व्यवस्था नभएको कारणले क्षेत्रका कतिपय स्थानहरूमा पानी भरियो।
कृत्रिम जलभराउको प्रभाव राष्ट्रिय राजमार्गमा पनि देखियो जहाँ सड़कमा पानी जमा भएको कारणले वाहनहरूको आवागमन प्रभावित भयो फलस्वरूप राष्ट्रिय राजमार्गमा व्यापक जामको समस्या उत्पन्न भयो। कार्यालय जाने मानिसहरू सहित सर्वसाधारम यात्रीहरूलाई पनि विभिन्न समस्याको सामना गर्नु पऱ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा