राष्ट्रिय प्रौद्योगिकी दिवसमा तकनिकी विकासको लागि एकजुट हुने मुख्यमन्त्रीको आह्वान
राष्ट्रिय प्रौद्योगिकी दिवसमा तकनिकी विकासको लागि एकजुट हुने मुख्यमन्त्रीको आह्वान


गुवाहाटी, 11 मई, (हि.स.)। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले राष्ट्रिय प्रौद्योगिकी दिवसको अवसरमा देशको तकनिकी विकास एवं नवाचारलाई अगाड़ि बढ़ाउनको लागि एकजुट भएर कार्यगर्ने आह्वान गरेका छन्।

मुख्यमन्त्रीले आफ्नो सोशल मीडिया सन्देशमा भने, वर्ष 1998-मा यसै दिन तत्कालीन प्रधानमन्त्री अटल बिहारी वाजपेयीको नेतृत्वमा पोखरणमा सफल परमाणु परीक्षणको माध्यमबाट भारतले विश्वसामु आफूलाई एक परमाणु शक्ति सम्पन्न राष्ट्रको रूपमा स्थापित गरेको थियो। उनले अटल बिहारी वाजपेयीलाई “नवभारतको स्वप्नद्रष्टा” बताए।

उनले भने, असमले पनि पछिल्लो केही वर्षमा अभूतपूर्व तकनिकी प्रगति देखेको छ। मुख्यमन्त्रीले जागीरोडमा सेमीकण्डक्टर परियोजनादेखि लिएर विद्यार्तीहरूको लागि डिजिटल शिक्षा व्यवस्थासम्म विभिन्न क्षेत्रहरूमा भएको विकासको उल्लेख गरे।

राष्ट्रिय प्रौद्योगिकी दिवसलाी ऐतिहासिक अवसर बताउँदै मुख्यमन्त्रीले राज्य तथा देसका मानिसहरूसित तकनिकी विकासको हितमा पुनः सङ्कल्प लिने अपील गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande